३२ असार २०८३, बिहीबार

इरानमा विद्यालय जाने बालिकाहरूमाथि विषालु धूवाँमार्फत लगातार आक्रमण

फागुन १६, २०७९
इरानमा विद्यालय जाने बालिकाहरूमाथि विषालु धूवाँमार्फत लगातार आक्रमण

विगत तीन महिनामा इरानका विभिन्न विद्यालयमा अध्ययनरत बालिकाहरूलाई कक्षाकोठामा विषालु धूवाँमार्फत आक्रमणका घटनाहरू सार्वजनिक भएका छन् । 

त्यस धूवाँका कारण केही बालिकाहरू अस्पताल भर्ना समेत हुनुपरेको छ । 

इरानी अधिकारीहरूले शुरूमा यस घटनालाई खासै वास्ता नगरेको भए पनि अहिले आएर यी जानाजान गरिएका आक्रमण भएको स्वीकार गरेका छन् । लगभग ३० वटा विद्यालयमा यस्ता आक्रमण भएको स्थानीय सञ्चारमाध्यमहरूले खबर दिएका छन् । 

विद्यालयमा छात्राहरूलाई आउनबाट रोक्नका लागि यो आक्रमण गरिएको हुन सक्ने अनुमान गरिएको छ । 

गत सेप्टेम्बर महिनामा माहसा अमिनी नामक युवतीलाई देशको धार्मिक प्रहरीले पक्राउ गरेपछि हिरासतमा उनको मृत्यु भएको थियो । त्यसको विरोधमा लामो समयसम्म इरानमा सरकारविरोधी प्रदर्शन चलेको थियो । 

अहिले भइरहेका धूवाँ आक्रमणमा को जिम्मेवार छ भनी अधिकारीहरूल सुनिश्चित गर्न सकेका छैनन् । तर शिक्षाको खोजीमा विद्यालय गएका बालिकाहरूलाई जानाजान आक्रमण गरिएको हुन सक्ने आशंका व्यक्त गरिएको छ । 

सन् १९७९ मा भएको इस्लामी क्रान्तिपछि इरान कट्टर बनेको भए पनि छात्राहरूलाई शिक्षाबाट वञ्चित गरिएको थिएन । इरानले छिमेकी मुलुक अफगानिस्तानमा समेत बालिका र महिलालाई विद्यालय जान दिन तालिबानसमक्ष अनुरोध गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्