
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले मंगलबार भेट गरेका छन्।
राष्ट्रपति कार्यालयमा भएको आज (मंगलबार) भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयू) बैठकबारे जानकारी गराएका छन्।
आईपीयूको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख आगामी फागुन २६ गते बहराइन प्रस्थान गर्दै हुनुहुन्छ ।
आईपीयू बैठक फागुन २७ देखि चैत १ गतेसम्म बहराइनको मनामा शहरमा हुँदैछ ।