१६ असार २०८३, मंगलबार

सरकारी अस्पतालबाटै कुकुरले बच्चा लगेर खायो

फागुन १६, २०७९
सरकारी अस्पतालबाटै कुकुरले बच्चा लगेर खायो
कुकुरले बच्चा लगेपछि शोकमा डुबेकी आमासहित उनका सन्तान

भारतको राजस्थानको सिरोहीको सरकारी अस्पतालमा आमाको छेउमा सुतेको १ महिनाको बच्चालाई कुकुरले लगेको छ ।

कुकुरले बालकको पेट र एउटा हातसमेत खाएको छ। जसका कारण उनको मृत्यु भएको छ।

आमाकै सामुन्ने कुकुरले बच्चालाई लिएर गएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।  

सिरोहीको पिन्डवारा निवासी ४० वर्षीय महेन्द्र मीना सिलिकोसिसबाट पीडित थिए। महेन्द्रको क्षयरोग अस्पतालमा उपचार भइरहेको थियो। सोमबार राति उनकी श्रीमती रेखा र २ छोराछोरीसहित आफ्नो ओछ्यानमुनि भुइँमा सुतिरहेका थिए । वार्डमा घुमिरहेका छाडा कुकुरले उनका एक महिनाको छोरा विकासलाई लिएर गएका थिए। 

राति करिब १ः३० बजे रेखा ब्युझिएपछि बच्चा हराएको थाहा पाएकी थिइन्। उनले तुरुन्तै बच्चा खोज्न थालिन्।

वार्डबाहिर रहेको पानीको ट्यांकीमा केही कुकुरले बालकलाई टोकेको उनले देखिन्। उनी जब त्यहाँ पुगिन् एउटा कुकुरले बच्चाको हात मुखमा लिएर भागेको थियो । कुकुरहरूलाई भने उनीहरूले कुटेर मारेका छन्। 


 

salt training

कमेन्ट गर्नुहोस्