०५ साउन २०८३, मंगलबार

सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गतेभित्र विश्वासको मत लिने

फागुन १६, २०७९
सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गतेभित्र विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थालेका छन्। 

मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेका उनको सचिवालयले जनाएको छ ।

विश्वासको मतका लागि उनले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्तिसँग भेटघाट एवं छलफललाई तीव्रता दिएका छन्।

मुख्यमन्त्री शाह केही दिनअघि काठमाडौँ पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरी फर्किएका छन्। 'विश्वासको मत लिनका लागि सभामुखसँग मुख्यमन्त्री शाहले आवश्यक परामर्श गरिरहनु भएको छ । प्रदेशसभामा एमाले बाहेकका दलसँगको छलफललाई समेत तीव्रता दिनुभएको छ,' मुख्यमन्त्रीका स्वकीय सचिव धीरेन्द्र शाहीले भने। 

संविधानको धारा १६८ ९३० बमोजिम गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उनले यही फागुन २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।

प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता शाह एकीकृत समाजवादीका गरी २३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। विश्वासको मत पाउन उनलाई २७ सदस्यको समर्थन आवश्यक पर्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १९, एमालेका १०, माओवादी केन्द्रका (सभामुखसहित) ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार तथा राप्रपा र स्वतन्त्र गरी एक एक सदस्य छन् ।

पछिल्लो पटक केन्द्रमा फेरिएको समीकरणसँगै मुख्यमन्त्री शाह प्रदेशसभामा विश्वासको मत पाउनेमा ढुक्क रहेका उनका स्वकीय सचिव शाहीको दाबी छ । 

salt training

कमेन्ट गर्नुहोस्