१७ असार २०८३, बुधबार

चौथो त्रैमासिकमा भारतको जीडीपी वृद्धिदर ४.४ प्रतिशतले घट्यो

फागुन १६, २०७९
चौथो त्रैमासिकमा भारतको जीडीपी वृद्धिदर ४.४ प्रतिशतले घट्यो

भारतको आर्थिक वृद्धि दर सन् २०२२ को चौथो त्रैमासिकमा ४.४ प्रतिशतमा झरेको छ । 

तथ्याङ्क र कार्यक्रम कार्यान्वयन मन्त्रालयको सङ्घीय राष्ट्रिय तथ्याङ्क कार्यालय (एनएसओ) द्वारा मङ्गलबार जारी गरिएको तथ्याङ्कले गत अक्टोबरदेखि डिसेम्बरमा कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि जुलाईदेखि सेप्टेम्बरमा ६.३ प्रतिशतबाट ४.४ प्रतिशतमा झरेको देखाएको छ ।

सरकारले जारी गरेको दोस्रो अग्रिम अनुमानअनुसार भारतको जीडीपी आर्थिक वर्ष २०२२–२३ का लागि ७ प्रतिशतले बढ्न सक्ने अनुमान छ । 

salt training

कमेन्ट गर्नुहोस्