१० असार २०८३, बुधबार

बुटवल बसपार्कमा निःशुल्क वाइफाई सेवा

फागुन १७, २०७९
बुटवल बसपार्कमा निःशुल्क वाइफाई सेवा

बुटवलको नयाँ बसपार्कमा निःशुल्क वाइफाई इन्टरनेट चलाउन पाइने भएको छ । बुटवल उपमहानगरपालिकाले वल्र्डलिङ्क कम्युनिकेशनसँगको सहकार्यमा बसपार्क क्षेत्रमा निःशुल्क वाइफाई इन्टरनेट सुविधा उपलब्ध गराएको हो । 

निःशुल्क वाइफाई इन्टरनेट सुविधा शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको बसपार्कलाई सुविधा सम्पन्न बनाउने अभियानअन्तर्गत निःशुल्क वाइफाई इन्टरनेट जडान गरेको बताए । उनले बसपार्कलाई यात्रुहरुको विश्रामस्थलका रुपमा सञ्चालन हुनेगरी अन्य सुविधाहरु समेत थप गर्दैजाने बताए । 

‘हामीकहाँ विमानस्थलहरु सुविधासम्पन्न हुन्छन्, तर बसपार्कहरु चोरीडकैती गर्ने ठाउँजस्ता भएका छन्, उनले भने, ‘बसपार्कलाई पनि सुविधासम्पन्न बनाउने र सुरक्षित बनाउने काममा हामी लागेका छौं, त्यसका लागि यातायात व्यवसायी, मजदुर, व्यवसायी र स्थानीयको साथ आवश्यक रहन्छ ।’ 

वल्र्डलिङ्क कम्युनिकेशनका क्षेत्रीय प्रबन्धक आनन्द झाले निःशुल्क वाइफाई इन्टरनेट जडान गर्न बुटवल उपमहानगरपालिकाले गरेको अगुवाईप्रति खुशी व्यक्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्