०७ असार २०८३, आइतबार

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

फागुन १७, २०७९
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

अलग अलग दुर्घटनामा परी दुई जनाको मंगलबार मृत्यु भएको छ । प्रहरीले दिएको जानकारीअनुसार काभ्रेपलाञ्चोकको पाचँखाल नगरपालिका –४ लामीडाँडामा बा.५ ख ३४९४ नम्बरको टिपरले बा.८५ प ९०१७ नम्बरको मोटरसाइकललाई मंगलबार ठक्कर दिँदा मोटरसाइकल चालक २० वर्षीय गौतम तामाङको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्को एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

सोहीअनुसार बाराको परवानिपुर गाउँपालिका –४ चैनपुरमा बा.१८ च ६४१९ नम्बरको कारको ठक्करबाट पहिचान नखुलेका एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार करिब ६५ वर्षीया महिलाको मंगलबार दिउँसो मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्