११ असार २०८३, बिहीबार

कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कर्णेल कुलदीप तिमिल्सिना पक्राउ

फागुन १७, २०७९
कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कर्णेल कुलदीप तिमिल्सिना पक्राउ

प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध विद्रोहको षड्यन्त्र गरेको आरोपमा कर्णेल महेन्द्रजंग शाह र लेफ्टिनेन्ट कर्नेल कुलदीप तिमिल्सिनालाई पक्राउ परेका छन्। 

पक्राउ परेका दुवैलाई सैनिक मुख्यालय भद्रकाली काठमाडौंको हिरासतमा राखिएको छ। 

'उहाँहरू आर्मीका अधिकृ‌तहरू हुन्। आर्मी हेडक्वार्टरमै राखिएको छ,' नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले लोकान्तरसँग भने, 'उपरथी प्रेम शाहीको अनुसन्धान छानबिनका लागि अदालती प्रक्रियाबारे बुझ्ने क्राम भइरहेको हो।' 

सैनिक अनुशासनका विषयमा सोधपुछ गर्न दुई जनालाई नियन्त्रणमा लिइएको उनले बताए। 

सैनिक हिरासतमा रहेका उपरथी प्रेम शाहीमाथि अनुसन्धान गर्न सैनिक मुख्यालयले अर्का उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो। उक्त समितिको प्रतिवेदनअनुसार शाह र तिमिल्सिनासँग छानबिन गर्नुपर्ने देखिएकाले सैनिक मुख्यालयमा राखेर सोधपुछ गरिने प्रवक्ता भण्डारीले बताए। 

 जङ्गी अड्डाले शाहीमाथि विभिन्न युनिटमा कार्यरत हुँदा आर्थिक अनियमितता गरेको उजुरीबारे छानबिन भएको थियो। 

प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उपरथी ताराध्वज पाण्डेको नेतृत्वमा सात सदस्सीय कोर्ट मार्सल गठन भएको थियो ।

उपरथी प्रेम शाहीसहितको समूहले सेनापतिविरुद्ध  मोर्चाबन्दी गर्ने योजना बनाएका र त्यस विषयमा छलफल गरेको प्रमाण सैनिक मुख्यालयमा पुगेपछि दुई उपरथी, चार सहायक रथी र एक जना महासेनानीसहितको कोर्ट मार्सल गठन भएको थियो। सोही विषयमा रहेर अनुसन्धान गर्न शाह र तिमिल्सिनामाथि पनि सोधपुछ गरिने पवक्ता भण्डारीले बताए। 

salt training

कमेन्ट गर्नुहोस्