
पठानपछि रिलिज भएको कार्तिक आर्यनको 'शेहजादा' र अक्षय कुमार र इमरान हास्मीको 'सेल्फी' बक्स अफिस नराम्ररी फ्लप भएका छन्।
दुवै फिल्मले अपेक्षित दर्शक जुटाउन सकेनन्।
२४ फेब्रुअरी २०२३ मा रिलिज भएको सेल्फीले पहिलो दिन जम्मा २.५५ करोड भारु संकलन गर्न सक्यो। जुन अपेक्षाभन्दा धेरै कम थियो।
फिल्मले विकेन्डमा कमाउने अपेक्षा गरिएको थियो तर त्यसो पनि भएन र ओपनिङ विकेन्डमा फिल्मले १०.३० करोड भारु मात्रै कमाउन सफल भयो ।
अक्षय कुमारको यो लगातार पाँचौं फ्लप फिल्म हो।
सन् २०२२ मा आएको 'राम सेतु', 'रक्षा बन्धन', 'पृथ्वीराज' र 'बच्चन पाण्डे'पछि सेल्फीले अक्षयसँगै फ्यानलाई पनि निराश बनाएको छ ।
यता कार्तिक आर्यनको शहजादाले पनि बक्स अफिसमा सोचे जस्तो राम्रो प्रदर्शन गर्न सकेन ।
१७ फेब्रुअरी २०२३ मा रिलिज भएको शहजादाले आफ्नो पहिलो दिन ६ करोड र ओपनिङ विकेन्डमा २०.२० करोड कमाएको थियो।
हालसम्म फिल्मले जम्मा २६ करोड कमाएको छ।
'सेहजादा'ले 'सेल्फी'ले भन्दा राम्रो प्रदर्शन गरे पनि फिल्मले बक्स अफिसमा अपेक्षा गरेअनुरूप प्रदर्शन गर्न सकेन।