
कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ । प्रदेशको नाम कोशीको रुपमा नामकरण भएको खुसियालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा भएको हो । प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । बुधबार प्रदेशसभाले प्रदेशको नाम दुई तिहाई बहुमतका साथ टुंगो लगाएको थियो ।
