०५ साउन २०८३, मंगलबार

आठ दलीय गठबन्धनका सांसदहरुको अभिमुखिकरण कार्यक्रम आज

फागुन १८, २०७९
आठ दलीय गठबन्धनका सांसदहरुको अभिमुखिकरण कार्यक्रम आज

काठमाडौँ । राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा आठ दलीय गठबन्धनले सांसदहरुको अभिमुखिकरण कार्यक्रम गर्न लागेको छ ।  नेपाली काङ्ग्रेसको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई समर्थन गरेका सांसदहरुलाई आज प्रशिक्षण दिने कार्यक्रम रहेको हो ।

८ वटै दलका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरु प्रशिक्षणमा सहभागी हुने छन् । काठमाण्डौको तीनकुनेस्थित रोयल व्याङ्क्वेटमा बिहीबार दिउँसो १ बजेदेखि अभिमुखिकरण कार्यक्रम  सुरु हुने छ । 
 पार्टीका शीर्ष नेताहरूले सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । 

कमेन्ट गर्नुहोस्