
नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने निर्णय छिट्टै हुने जनाएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले समर्थनको निर्णय छिट्टै हुने बताए । उनले समर्थनको आग्रह गर्दै नेपाली कांग्रेस र नेकपा एमालेबाट पत्र प्राप्त भएको सार्वजनिक गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘राष्ट्रपति निर्वाचनमा मतदान निम्ति नेका र एमालेका सभापति/अध्यक्षबाट प्राप्त पत्र ! हाम्रो पार्टीको निर्वाचन आयोगमा दर्ता भएको नाम ‘नेपाल समाजवादी पार्टी’ (नेसपा) रहेको स्मरण रहोस् ! छिट्टै पार्टीको केकासको बैठकले आवश्यक निर्णय गर्नेछ ।’
राष्ट्रपतिमा ८ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।
राष्ट्रपति निर्वाचनमा मतदाननिम्ति नेका र एमालेका सभापति/अध्यक्षबाट प्राप्त पत्र ! हाम्रो पार्टीको निर्वाचन आयोगमा दर्ता भएको नाम नेपालीमा “ नेपाल समाजवादी पार्टी”(नेसपा) र अंग्रेजीमाSocialist Party of Nepal(SPN)रहेको स्मरण रहोस्! छिटै पार्टीको केकासको बैठकले आवश्यक निर्णय गर्नेछ। pic.twitter.com/vWnNE1DGDL
— Baburam Bhattarai (@brb1954) March 2, 2023