१० असार २०८३, बुधबार
अन्त्य होला राजनीतिक संरक्षण ?

प्रचण्डका घरबेटी ठेकेदारले अलपत्र पारेको सडक अनुगमनमा निस्किए मन्त्री नारायणकाजी

काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई कारवाही गर्ने चेतावनी
फागुन १८, २०७९
प्रचण्डका घरबेटी ठेकेदारले अलपत्र पारेको सडक अनुगमनमा निस्किए मन्त्री नारायणकाजी

प्रधानमनत्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी ठेकेदारले वर्षाैंदेखि अलपत्र पारेको कमलविनायक–नगरकोट सडकको उपप्रधानमन्त्री नेतृत्वको सरकारी टोलीले अवलोकन गरेको छ ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बिहीवार नगरकोट सडकको अवलोकन गरेका हुन् । 

प्रचण्डलाई खुमलटारमा बास दिएका शारदा अधिकारीको सैलुङ कन्टक्सनले नगरकोट सडकको जिम्मा पाएको छ । सन् २०१४ मा सम्झौता भएको सडक ९ वर्षसम्म बन्न सकेको छैन । सडकको अवलोकनपछि मन्त्री श्रेष्ठले ठेकेदार कम्पनीलाई बोलाएर स्पष्टीकरण लिने बताए ।

‘कससँगको सम्बन्ध भन्ने थाहा भएन, सरकारसँग सम्झौता भएको कम्पनीले काम नगरे कारवाही हुन्छ,’ श्रेष्ठले भने । 

एक्जिम बैंकको सस्तो ऋणमा विस्तार गर्न लागिएको सडकको काम समयमै पूरा नगर्दा नगरकोट जानेले धुलाको सास्ती व्यहोर्नुपरेको छ । बिहीवार नारायणकाजीसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए । 

पुस ११ गते उपप्रधानमन्त्री बनेलगत्तै नारायणकाजीले उपत्यकाका सडक अनुगमन गरेका थिए । १५ दिनभित्र सडकका खाल्डा पुर्न निर्देशन दिए पनि कार्यान्वयन भने भएको छैन । मन्त्री अनुमगनमा आउने थाहा पाएपछि नगरकोट सडकमा पानी हालेर धुलो मारिएको थियो । 

राजनीतिक नेताको संरक्षणमा ठेकेदार अधिकारीले सडकको काम पूरा नगरेर जनतालाई सास्ती दिएको भन्दै भक्तपुरका सांसद प्रेम सुवालले दर्जनौं पटक संसदमा आवाज उठाइसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्