२६ जेठ २०८३, मंगलबार

बागेश्वर धाम बाबा भन्छन्– नेपाल हिन्दू राष्ट्र कायम रहोस्

फागुन १८, २०७९
बागेश्वर धाम बाबा भन्छन्– नेपाल हिन्दू राष्ट्र कायम रहोस्

अहिले व्यापक चर्चामा रहेका बागेश्वर धाम सरकारका आचार्य पण्डित धीरेन्द्र कृष्ण शास्त्री अहिले मध्य प्रदेशको टीकमगढ जिल्लामा प्रवचन दिइरहेका छन् । 

उनले श्रीराम कथा सुनाइरहेका छन् । 

त्यसैक्रममा नेपालका एक सांसद मधुसूदन पनि कथा सुन्न पुगेको भनी नवभारत टाइम्सले खबर दिएको छ । त्यसक्रममा उनले बागेश्वर सरकारलाई नेपाल आउने निमन्त्रण दिएको पत्रिकाको समाचारमा उल्लेख छ ।

सांसद फलफूल टोकरीमा राखेर कथा सुन्न पुगेका थिए । फलफूल चढाएर उनले बागेश्वर बाबालाई ढोगेका थिए । 

धीरेन्द्र शास्त्रीले नेपालका सांसदलाई स्वागत गर्दै नेपाल हिन्दू राष्ट्र बनिरहेको हेर्न चाहेको बताए ।  

त्यसैक्रममा बागेश्वर धाम सरकारले भने, ‘नेपालमा हिन्दी बोलिन्छ कि बोलिँदैन भनी मैले सोधें । मानिसहरूले बोलिन्छ भने । त्यसो भए म पक्कै जान्छु । बालाजीको आदेशपछि म अंग्रेजहरूकोमा त गएको थिएँ, नेपाल जानु कुन ठूलो कुरा हो ।’

बागेश्वर धाम सरकारको प्रवचन सुन्नका लागि विशाल संख्यामा भक्तजन पुग्ने गरेका छन् । पण्डालमा मान्छे नअटाएर उभिएर पनि कथा सुनिरहेका छन् । 

भिडियो हेर्न तलको लिकं क्लिक गर्नुहोला 

https://hindi.timesxp.com/nbt/madhya-pradesh/tikamgarh/nepal-mp-reached-the-court-of-bageshwar-dham-sarkar-know-what-gift-he-brought/videoshow/98357341.cms

salt training

कमेन्ट गर्नुहोस्