१५ असार २०८३, सोमबार

रुसका राष्ट्रपति पुटिनले गोप्य प्रेमिकाका लागि बनाए विलासी महल

फागुन १८, २०७९
रुसका राष्ट्रपति पुटिनले गोप्य प्रेमिकाका लागि बनाए विलासी महल

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नी गोप्य प्रेमिका एलिना कबेवाका लागि विलासी महल बनाएको त्यहाँको खोजी न्युज साइट द प्रोजेक्टले खबर दिएको छ । 

सुनले बनेको यो महल राजधानी मस्कोबाट २५० माइल पर भाल्दाइको जंगलमा छ । महलमा विशाल कोठाहरू छन् । 

पुटिनले एलिनाका लागि १३ हजार वर्ग फीट क्षेत्रमा अर्बौं रुपैयाँ खर्च गरी महल बनाएका हुन् । त्यहाँ काठका सुन्दर वस्तुहरू छन् भने रुबी जडिएको झुमर पनि झुण्ड्याइएका छन् । 

पुटिनको बैंकर भनिने रुसी व्यापारी युरी कोभाल्चकको कम्पनीले साइप्रसमा जम्मा गरेको कालो धनबाट यो महल बनाइएको द प्रोजेक्टको दाबी छ । 

एलिना पुटिनकी प्रेमिका भएको बेलायती पत्रिकाहरूले पनि दाबी गरेका छन् । तर पुटिनले सार्वजनिक रूपमा यसलाई स्वीकार गरेका छैनन् ।एलिना रुसकी नेता, मिडिया म्यानेजर र संन्यास 

लिइसकेकी जिम्नास्ट हुन् । उनले आफ्नो खेल करीयरमा दुईवटा ओलम्पिक मेडल, १४ वटा विश्व च्याम्पियनशिप र २१ वटा युरोपेली च्याम्पियनशिप पदक जितेकी छन् । 

nullnullnullnull 

salt training

कमेन्ट गर्नुहोस्