इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेकी छन् ।
दिल्लीमा हुन लागेको राइसिना डायलगमा प्रमुख अतिथिका रूपमा सहभागी हुन आएकी मेलोनीले मोदी संसारकै सबभन्दा प्रिय नेता भएको बताइन् । मोदीलाई सफलताका लागि बधाई दिँदै मेलोनीले मोदी विश्वको प्रमुख नेता भएको बताइन् ।
‘प्रधानमन्त्री मोदी संसारका सबै नेताहरूमध्ये सबभन्दा प्रिय छन् । उनी प्रमुख नेता भएको यसबाट प्रमाणित हुन्छ र उहाँलाई यसका लागि बधाई छ,’ मेलोनीले भनिन् ।
मेलोनीको प्रशंसा सुनेर मोदी मुस्काएका छन् ।
मेलोनीले पहिलोपटक भारत भ्रमण गरेकी हुन् । उनलाई स्वागत गर्दै मोदीले बताए, ‘पोहोर सालको निर्वाचनमा इटलीका जनताले उनको पक्षमा मत दिएका थिए । उनी इटलीको पहिलो महिला तथा सबभन्दा कम उमेरकी प्रधानमन्त्री बनिन् । यस ऐतिहासिक उपलबिधका लागि म सबै भारतीयका तर्फबाट उनलाई बधाई दिन्छु ।’
राइसिना डायलग आजदेखि शनिवारसम्म चल्नेछ । त्यसमा १०० देशका प्रतिनिधिहरू सहभागी हुनेछन् । प्रधानमन्त्री मोदीले भारतीय समयअनुसार साढे ६ बजे यसको उद्घाटन गर्नेछन् ।
#WATCH | ...(PM Modi) is the most loved one of all (leaders) around the world. This is really proven that he has been a major leader and congratulations for that: Italian PM Giorgia Meloni pic.twitter.com/DF2ohzicqu
— ANI (@ANI) March 2, 2023