
इन्टिरियर सम्बन्धी सेवामा अग्रणी कम्पनी यूएचएस होल्डिङ हेफेल डिजाइन स्टूडियोको शुभारम्भ गरेको छ ।
फागुन १८ गते गैरीधारास्थित हाफेल सोरुममा आयोजित एक समारोहबीच हाफेले दक्षिण एसियाका प्रबन्ध निर्देशक फ्र्यांक सोडर एवं यूएचएस होल्डिङका अध्यक्ष पुरुषोत्तम न्यौपानेले संयुक्त उद्घाटन गरेका थिए ।
हेफेलको नेपालस्थित फ्रेन्चाइजको रूपमा रहेको नयाँ डिजाइन इस्टूडियोमा आर्टिटेक्चरल हार्डवेयर, ग्लास फिटिङ, फर्निचर फिटिङ, डिजिटल सेक्युरिटी लाइटिङ, किचेन फिटिङ लगायत अन्य सम्बन्धित उत्पादनहरू ‘रियल टाइम’ ढंगमा उपलब्ध छन् ।
कार्यक्रममा हेफेल एवं यूएचएस होल्डिङका प्रतिनिधिहरूले समुन्नत प्रविधि र उत्कृष्ट कार्यकौशलताका उत्पादनले विश्वका प्रसिद्ध वास्तुकार एवं इन्टिरियर डिजाइनरहरूलाई अभिप्रेरित गरेको बताए । उनीहरूले ब्राण्ड आफ्ना ग्राहकहरूप्रति पनि प्रतिबद्ध रहेको जानकारी दिएका छन् ।
‘हामी हेफेल जस्तो इन्टिरियर सेवाका लागि अन्तर्राष्ट्रिय रूपमा ख्याती प्राप्त ब्राण्डसँग आबद्ध हुन पाउँदा हर्षित एवं गौरवान्वित छौं, यूएचएस होल्डिङका अध्यक्ष पुरुषोत्तम न्यौपाने भन्छन् । ‘नयाँ हेफेल डिजाइन स्टूडियो ग्राहकहरूलाई नवीनतम उत्पादनहरू प्रदान गर्दै उनीहरूको जीवनशैलीलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्नेछ,’ उनले भने ।
यूएचएस होल्डिङ उच्चस्तरीय बाथरुम, सिलिङ र रेलिङ फर्निचर लगायतका इन्टिरियर सम्बन्धी उत्पादनहरू प्रदान गरिरहेको छ ।

