०६ असार २०८३, शनिबार

अग्रजलाई सम्मान गर्दै औद्योगिक महोत्सव सम्पन्न

फागुन १९, २०७९
अग्रजलाई सम्मान गर्दै औद्योगिक महोत्सव सम्पन्न

लब्धप्रतिष्ठित सामाजिक व्यक्तित्व र अग्रज व्यवसायीलाई सम्मान गर्दै झापाको बिर्तामोडमा सञ्चालित बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव सम्पन्न भएको छ । 

फागुन ५ गतेदेखि बिर्तामोड उद्योग वाणिज्य संघले सञ्चालन गरेको महोत्सवको बिहीबार समापनसत्रमा राजनीतिक व्यक्तित्व डिल्लीप्रसाद सिटौला र मनकुमार गौतम, रेडक्रसकर्मी लोकराज ढकाल, महिला उद्यमी भीमा शिवाकोटी, संघका पूर्व अध्यक्ष बेदुप्रसाद अग्रवाल, व्यवसायीहरु भगवानदास सिंगल, हनुमान मित्तल, देवेन्द्रकुमार सिंह, प्रकाश गौतम, बीरवहादुर धमलालाई सम्मान गरिएको छ । 

त्यस्तै पत्रकार लक्ष्मी लुइँटेल, सेफराज पौडेललाई समेत सम्मान गरिएको संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले जानकारी दिए । संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकले आर्थिक संकट खेपिरहेको अवस्थामा आर्थिक स्थिरताको खोजी जरूरी रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्ब अध्यक्ष चण्डिराज ढकालले दिनदिनै उद्योग बन्द भइरहेको अवस्थामा नीजि क्षेत्रको प्रवर्धनका लागि समन्वयात्मक ढंगबाट काम गर्न आग्रह गरे । 

महोत्सव समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, कांग्रेसका सभापति देउकुमार थेवे, झापा उद्योग संघका अध्यक्ष याम श्रेष्ठ, वुधवारे उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रुद्र श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्