
मोरङको विराटनगर ८ दलीय गठबन्धनका सांसदहरूको अभिमुखीकरण कार्यक्रमम शुरू भएको छ ।
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनलाई लक्षित गरेर प्रदेश १ का सांसदहरूको भेला भएको हो ।
८ दलीय गठबन्धनले राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ।
प्रदेश १ मा कांग्रेसका २९ माओवादीका १३ नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ सांसद छन् ।
आजको अभिमुखीकरण कार्यक्रमलाई माओवादीका उपाध्यक्ष कृष्ण बहादुर महरा र कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले सम्बोधन गर्ने जनाइएको छ ।