२६ जेठ २०८३, मंगलबार

कलेजको अर्बौं सम्पत्ति व्यक्तिका नाममा ल्याउने प्रयास

कात्तिक २०, २०७४
कलेजको अर्बौं सम्पत्ति व्यक्तिका नाममा ल्याउने प्रयास

काठमाडौं, १० साउन- सामाजिक संस्थाको रूपमा दर्ता भई सञ्चालनमा आइरहेको भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको अर्बैाँ रुपैयाँको सम्पत्ति व्यक्तिका नाममा ल्याउने प्रयास भएको छ ।nepal_engineering_college-
चाँगुनारायणस्थित कलेजको ३९ रोपनी जग्गा, त्यसभित्र बनेको आधुनिक भवन, राज्यबाट कर छुटमा ल्याइएको प्रयोगशालाका सामग्रीलगायत चल अचल सम्पत्ति व्यक्तिगत बनाउने प्रयास गरिएको हो । कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले कलेज सञ्चालन बोर्डका सदस्यलाई जानकारी नगराई निजी स्वामित्वको संस्था दर्ता गराएर सम्पत्ति 'ट्रान्सफर' गराउन लागेका हुन् ।
०५१ सालमा स्थापना भएको उक्त कलेज ०६० मा विधिवत् रूपमा भक्तपुर जिल्ला प्रशासन कार्यालयमा सामाजिक संस्थाका रूपमा दर्ता भएको छ । दर्ता नम्बर ५५२ रहेको उक्त कलेजको विधानमा नै 'मुनाफारहित उद्देश्यले स्थापना गरिएको' उल्लेख छ । कानुनी व्यवस्थाअनुसार सामाजिक संस्थाका रूपमा स्थापित कुनै पनि संस्था सञ्चालन गर्न कठिन भएको अवस्थामा सम्पूर्ण सम्पत्ति राज्यलाई बुझाएर बन्द गर्नुपर्ने हुन्छ । व्यक्तिको नाममा कुनै पनि हालतमा ल्याउन मिल्दैन, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्