१६ असार २०८३, मंगलबार

इन्डोनेशियाको इन्धन डिपो विस्फोटमा मृत्यु हुनेको संख्या १७ पुग्यो

फागुन २०, २०७९
इन्डोनेशियाको इन्धन डिपो विस्फोटमा मृत्यु हुनेको संख्या १७ पुग्यो

इन्डोनेशियाको जकार्ताको उत्तरी भागमा शुक्रबार राति भएको इन्धन भण्डारण विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । 

जकार्ता डिजास्टर मिटिगेसन एजेन्सी (बीपीबीडी) का कार्यवाहक प्रमुख मुहम्मद रिदवानले घटनामा घाइते हुनेको सङ्ख्या ५१ पुगेको र तिनीहरूको हाल राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए। ​

उत्तरी जकार्ताको प्लुम्पाङस्तित सरकारी तेल कम्पनी पर्टामिनाको इन्धन भण्डारण स्टेशनमा शुक्रबार राति करिब ८ः०० बजे विस्फोट भएको थियो । सो विस्फोटनबाट स्टेसन नजिकैका बासिन्दा आगो फैलिने त्रासले घर छाडेर भागेका थिए ।

उक्त आगो निभाउन ५० भन्दाबढी दमकल र २६० भन्दाबढी अग्निनियन्त्रक खटाइएको थियो । करिब छ घण्टा लामो प्रयासपछि आगो निभाउन सफल भएको बताइएको छ ।

विस्फोटले यस क्षेत्रका १,००० भन्दाबढी बासिन्दालाई प्रत्यक्ष असर गरेको थियो ।

प्रभावितलाई अहिले नजिकैको अस्थायी आश्रयस्तलमा सारिएको छ ।

उक्त घटनामा ८ जना बेपत्ता भएका छन्।

घटनामा अन्य सम्भावित पीडितको खोजी गर्न उद्धारकर्ता अझै पनि घटनास्थलमा परिचालित छन् ।

salt training

कमेन्ट गर्नुहोस्