०७ असार २०८३, आइतबार

जलरङमा सजियो पशुपति क्षेत्रको ‘मृगस्थली’

फागुन २१, २०७९
जलरङमा सजियो पशुपति क्षेत्रको ‘मृगस्थली’

 काठमाडौँको विश्वसम्पदा सूचीमा रहेको पाशुपत क्षेत्रअन्तर्गतको मृगस्थलीमा कलाकारहरूले विभिन्न कोणबाट त्यहाँका सम्पदाहरूलाई क्यान्भासमा भरे । यहाँको धार्मिक, पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेका संरचनालाई जलरङका माध्यामबाट कलाकारले आफ्नो सिर्जनालाई निखारे ।

शनिबार  युवाहरूको जमात बाक्लो थियो । त्यसो त वयस्क तथा ज्येष्ठ नागरिक र बालबालिका पनि रमाइरहेका मृगस्थलीको अर्काे छेउमा मृग प्रजातिका जरायोलगायतका जनावरलाई जालीले घेरेर राखिएका थिए । त्यही बीचमा मन्दिर तथा देवालयलगायतका संरचना र त्यसमा बुँदिएका आकर्षक बट्ट्यान लोभिने खालका छन् । त्यही दृष्यलाई जलरङले दुरुस्त उर्तार्दै थिए कलाकार कान्छाकाजी भासिमा । उनले पृष्टभूमिमा मन्दिरलाई राखेर आफूसँगैै कला सिर्जनामा तल्लिन आफ्ना साथीभाइकै दृष्यलाई क्यान्भासमा जलरङले आकार दिए ।

स्वस्थानी कथाका अनुसार पनि महादेव भेष बदलेर विचरण गर्ने ठाउँ भएकाले पनि मृगस्थलीको महत्व बढी छ । धार्मिक पर्यटक यहाँ टेक्दा पनि पवित्र मान्छन् । आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति रहने मृगस्थलीलाई आज कलाकारका समूहले क्यान्भासमा दुरुस्त पारेका हुन् । “यहाँका दृष्य उतार्न औधी रमाइलो लाग्ने, जहाँ देख्यो त्यहीँ सिर्जना गर्न सकिने खालको छ”, कलाकार भासिमाले भने । मृगस्थली धार्मिक, ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणले अति नै महत्व बोकेको भए पनि यहाँको भौतिक संरचनाको जीर्णावस्थाले मन उद्देलित हुने खालको छ । साना साना देवालय र त्यसका संरचना तथा विश्वरुपा मन्दिर, गोरखनाथ पीठ तथा योगी नरहरीनाथ स्मृति पुस्तकालयको अवस्था दयनीय रहेको छ । देवालयहरू बीचबाट चिरिएका भए पनि पुनःसंरचना हुन सकेको छैन । 

त्यही एक किनारामा चित्र सिर्जना गर्न बसेका अर्का कलाकार विक्रम प्रजापतिले पनि मन्दिर र त्यसमा कुँदिएका आकर्षक कलालाई आफ्नो क्यान्भासमा उतारे । उनले लस्करै रहेका मन्दिर तथा देवस्थललाई सोही लयमा रङमार्फत कला भरे । शनिबारीय चित्र सिर्जनामा तल्लिन् प्रजापति भन्छन्, “यसरी ठाउँठाउँमा पुगेर चित्र सिर्जना गर्दा कलामा निखारता आउने र यस्ता चित्रहरूमार्फत त्यस क्षेत्रको प्रवद्र्धन र प्रचारप्रसार हुँदा पर्यटन प्रवद्र्धनमा योगदान मिल्छ ।”

अर्का कलाकार दिवेश प्रधानले यहाँको एउटा मूर्तिलाई आफ्नो आर्ट पेपरमा ढाले । लामो समयदेखि शनिबारीय कला कार्यशालाको संयोजन गर्दै आएका प्रधानले यसपटक भने त्यो जिम्मेवारी प्रकाश मानन्धरलाई दिएको बताए । 

विगतमा उक्त कार्यशालामार्फत कलाकारलाई सिक्ने र सिकाउने काम धेरै भएको बताउने कलाकार प्रधान यसले ऐतिहासिक, पुरातात्विक तथा धार्मिक सम्पदाको प्रचारप्रसार हुने र पर्यटन विकासमा टेवा पुग्ने बताउँछन् । उनले फेसबुकका माध्यमबाट कलाकारलाई जोडेर यसरी शनिबारीय चित्र सिर्जनाको कार्यशाला थालेका थिए ।

कला भनेको त्यस मुलुकको गहना र गौरव हो । कलाको भाषा हुन्न । जुनसुकै भाषाका नागरिकले पनि कला सिर्जनालाई सजिलै बोध गर्छन् । त्ससैले विश्वसामु मुलुकको पहिचान दिने उपयुक्त माध्याम भनेको कला नै हो । नेपाल कलाको खानी भएर पनि राम्ररी प्रचारप्रसार र व्यवस्थित गर्न नसकिएको कलाकारहरू गुनासो गर्छन् ।

शनिबारीय कला सिर्जनाको आजको सिरिजमा कलाकार दिवेश प्रधान, तथागत चित्रकार, खड्गबहादुर नेवार, विक्रम प्रजापति, कान्छाकाजी भासिमा, लक्ष्मीप्रसाद खोटेजालगायतको सहभागिता थियो । यो क्रम केही शनिबार यही मृगस्थली र आसपासका क्षेत्रमा जारी रहने जनाइएको छ । 

कलाकार प्रधानका अनुसार शनिबारीय कला कार्यशालाअन्तर्गत पछिल्ला केही वर्षमा काठमाडौँ उपत्यकाका तीन दरबार स्क्वायर, पुरातात्विक तथा ऐतिहासिक महत्वको स्वयम्भू, भक्तपुरको चाँगुनारायण, गृहेश्वरीलगायत धेरै धार्मिक तथा ऐतिहासिक क्षेत्रमा कला सिर्जना गरिसकिएको छ । विगतमा कोभिड–१९ लगायत विभिन्न कारणले सिर्जनालाई घरभित्रै सीमित गरिदिएको थियो । 

बीचमा केही समस्या आए पनि कलाकारले कुनै न कुनै माध्यामबाट शनिबारीय सिर्जना अभियानलाई जारी राखेको पनि प्रधानले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्