१७ असार २०८३, बुधबार

सुकुना चलचित्र मन्दिर पुनः सञ्चालनमा

फागुन २१, २०७९
सुकुना चलचित्र मन्दिर पुनः सञ्चालनमा

लामो समयदेखि बन्द अवस्थामा रहेको  विराट चोकको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा आएको छ । बिराट सिने नामबाट उक्त  हल  सञ्चालनमा आएको हो ।  सो हलमा  नेपाली फिल्म छक्का  ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको सञ्चालक तथा फिल्म निर्माता चीरञ्जीवी बस्नेतले जानकारी दिए । उनले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारको सम्मान तथा कला संस्कृतिको जगेर्ना गर्ने भएकाले हल सञ्चालनका लागि स्थानीयको साथ सहयोग हुन जरूरी रहेको बताए ।  

तीन जना लगानी कर्ताको रु चार करोडभन्दा माथिको रकममा सुविधा सम्पन्न हल सञ्चालनमा आएको निर्माताले बताए । सो हलमा एक सय ३० सिट क्षमता  छ । हललाई विगत दुई दशकअघि स्थानीय गणेश खड्का, ईश्वरी विष्ट,केशव विष्ट लगायतले सञ्चालन गरेका थिए ।

सञ्चालक बस्नेतले भने, “अहिले एउटा पर्दा सञ्चालनमा आएको छ । अब केही समयपछि दोस्रो पर्दा सञ्चालनमा आउनेछ ।” सुन्दरहरैँचा नगरपालिका क्षेत्रमा एउटा सिनेमा हलको खाँचो भएको र त्यो अभावलाई विराट सिनेले पूरा गरेर दर्शकलाई मनोरञ्जन प्रदान गर्न सफल हुने वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्