×

Nic Asia
Dabur
Prabhu Bank

सन्दर्भ : नेविसंघ विवाद

कांग्रेसको नर्सरीमा खिर्राको रुख: स्ववियु चुनावको मुखमा नेविसंघमा किन हुँदैछ कुटाकुट ?

काठमाडाैं | फागुन २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

‘नेविसंघकै उत्पादन रामचन्द्र दाइ (रामचन्द्र पौडेल) आज राष्ट्रपति बन्ने बाटोमा हुनुहुन्छ । अहिलेका सभापतिदेखि सबै वरिष्ठ र केन्द्रीय नेता नेविसंघकै उत्पादन हुन् । युवा नेताको लहर हेर्दा पनि गर्विलो र चम्किलो विगत छ । तर पार्टीले नेता उत्पादनको नर्सरीलाई सुकाएर उल्टै मारपिट र हिंसाउन्मुख बनाएको छ यो गम्भीर छ,’ नेविसंघको सभापति भइसकेका युवा नेता गुरुराज घिमिरेको यो टिप्पणीले कांग्रेसको विद्यार्थी संगठन नेविसंघको विगत र वर्तमानलाई इंगित गर्छ । 

yONNEX
IME BANK INNEWS

स्ववियु चुनाव नजिकिँदै जाँदा यस्तै गर्विलो र चम्किलो इतिहास भएको नेविसंघका दुई पक्ष आपसमा भिड्ने स्थिति आउनुलाई उनी दुःखद् मात्रै मान्दैनन्, लज्जाको विषय ठान्छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

‘यतिखेर सम्मानित इतिहास भएको नेविसंघको संगठनलाई ट्रयाकमा फर्काउन, नेतृत्व अधिवेशनबाट छान्ने, समयमा बैठक गर्ने, बैठकका निर्णयलाई इमान्दारीपूर्वक कार्यान्वयन गर्ने, नेतृत्वले अनुगमन गर्ने र विधानले तोकेका अभिभारालाई पूरा गर्नुपर्ने हो,’ घिमिरे भन्छन्, ‘तर नेविसंघमा केही वर्षयता यस्तो भइरहेको छैन । यस्तो नभएपछि संगठनमा अराजकता हुन्छ । एउटै संगठनभित्र मारपिटमा उत्रिनु र हिंसामा उत्रिनु दुखद् मात्रै होइन लाजलाग्दो विषय हो । यो भनेको संगठनको नेतृत्व र पार्टीका जिम्मेवार नेताहरूको कमजोरी हो ।’

२३ माघमा नेपाल कमर्स क्याम्पस मीनभवनमा नेविसंघकै २ पक्षबीच झडप भयो । नियमित अधिवेशन नहुने र संगठनमा भद्रगोल अवस्था आउँदाको परिणामले संगठनमा आपसमै भिड्नेसम्मको अवस्थामा विद्यार्थीहरू पुगेका थिए । 


Advertisment
Lokantar App
Saurya island

मीनभवन क्याम्पसमा डा. शेखर कोइराला पक्षले गरेको भेलालाई रोक्न संस्थापन (देउवा निकट)पक्ष आइलागेपछिको झडप नियन्त्रण गर्न प्रहरीलाई केही घण्टा लागेको थियो । बाक्लो संख्यामा उपस्थित प्रहरीले अश्रुग्यास प्रहार गरेपछि स्थिति बल्ल साम्य हुन पुगेको थियो । 

संस्थापनले ५ चैतमा हुने स्ववियु चुनावलक्षित भेला बाल्मिकी क्याम्पसमा राखेकै समयमा शेखर पक्षले समानान्तर भेला कमर्स क्याम्पसमा राखेको थियो । यसविरुद्ध संस्थापन जाइलाग्दा झडपको स्थिति बनेको थियो । 

Vianet communication
‘बल्ल हुन लागेको स्ववियु चुनावलाई कसरी नेविसंघको पक्षमा पार्ने भनेर लाग्नुपर्नेमा आपसमै भिड्नुपर्ने नराम्रो अवस्था आयो,’ नेविसंघका नेता सुशील भट्ट भन्छन्, ‘एमालेनिकट विद्यार्थी संगठनलाई हराउने गरी रणनीति बनाउन केन्द्रित हुनुपर्ने बेला नेविसंघ आपसमै भिडिरहेको छ । यो दुखद् छ ।’ 

यतिमात्रै होइन, स्ववियु चुनावलक्षित गुटगत प्रतिस्पर्धाको उत्कर्ष विवादले नेसिवंघकै नेता शिव रिमाल घाइते हुँदै अस्पतालमा भर्ना भएका छन् । अध्यक्ष दुजाङ शेर्पा समूहले उनलाई कुटाएको आरोप छ । नेविसंघ अध्यक्षले कुनै पनि संस्थागत निर्णय गरेर संगठनलाई चुनावमा होम्न सकेको छैन । अध्यक्ष एकजना मात्रै हुँदाको फाइदा उठाउँदै सबै समूहहरूले शक्ति सञ्चय गर्न खोज्दा आपसमै भिड्नेसम्मको स्थिति देखापरेको नेविसंघकै एक नेता बताउँछन् ।

‘नेविसंघ अहिले अध्यक्ष मात्रैको भरमा चलेको छ । तर क्याम्पसमा हुने भेला पनि सर्वसम्मत बन्न सकिरहेका छैनन् । क्याम्पसमा प्रतिनिधि पठाउने विषयमा विवाद उत्पन्न भइरहेको छ  । कीर्तिपुर क्याम्पसमा पनि संस्थापन र इतर पक्षले पठाएका प्रतिनिधिको विषयले झडप हुन पुग्यो,’ ती नेता भन्छन्, ‘विश्वविद्यालयभन्दा बाहिर संस्थापन पक्षले आक्रमण गर्दा शिव रिमाल घाइते भएर अस्पतालको शैय्यामा पुग्नुपरेको छ । उनलाई भेट्न प्रभावशाली नेता नै अस्पताल पुग्ने स्थिति बन्यो, जसले विवादको विषयलाई झन् संस्थागत बनाइदियो ।’ 

स्ववियु चुनाव नजिकिँदै जाँदा कुन क्याम्पसमा कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लगाउनुको साटो नेता अस्पतालमा घाइतेलाई भेट्न पुग्दा नेविसंघ कति भद्रगोल अवस्थामा छ भन्ने देखिने नेता सुशील भट्ट बताउँछन् । 

‘बल्ल हुन लागेको स्ववियु चुनावलाई कसरी नेविसंघको पक्षमा पार्ने भनेर लाग्नुपर्नेमा आपसमै भिड्नुपर्ने नराम्रो अवस्था आयो,’ उनी भन्छन्, ‘एमालेनिकट विद्यार्थी संगठनलाई हराउने गरी रणनीति बनाउन केन्द्रित हुनुपर्ने बेला नेविसंघ आपसमै भिडिरहेको छ । यो दुखद् छ ।’ 

सत्तारुढ दलसँग गठबन्धन बनाउने पनि भन्ने तर आपसमै नमिल्ने र झगडामा उत्रिँदाको असर निर्वाचनमा देखिने भट्ट बताउँछन् । 

महाधिवेशन गर्ने प्रयोजनका लागि कांग्रेसमा अध्यक्षमा दुजाङ शेर्पालाई ल्याइएको थियो । तर उनी एक्लै महाधिवेशनदेखि स्ववियु चुनावमा कसरी होमिने भन्नेमा अलमलमा देखिएका छन् । उनले क्याम्पसमा टिकट बाँड्नेबारे सबै पक्षलाई विश्वासमा लिएर वातावरण बनाउन सकेका छैनन् । केही विभाग बनाएका छन्, तर ती विभागमा आबद्धले टिकटको टुंगो लगाउन सक्ने छैनन् । 

नेविसंघको माउ पार्टी कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत संगठनका लागि पार्टीले आवश्यक समन्वय गर्ने बताउँछन् । विवाद समाधान मुख्यरूपमा संगठनले नै गर्नुपर्ने उनको भनाइ छ ।

‘स्ववियु चुनावलाई लिएर केही समस्या देखिएका छन् । तर यो कांग्रेसले मिलाउनेभन्दा पनि नेविसंघलै मिलाउने विषय हो,’ महतले लोकान्तरसँग भने, ‘संगठनका नेताले आवश्यकता महसूस गरेपछि एउटा संयन्त्र बनाएर स्ववियु चुनावमा टिकट बाँड्ने संयन्त्र बन्ला ।’ 

संगठनमा देखिएको विवादलाई उनले सामान्य रूपमा मात्रै लिए । 

आन्तरिक झडपमा घाइते भएका शिव रिमाललाई भेट्न अस्पताल पुगेका प्रभावशाली नेता डा. शेखर कोइराला

यसका लागि सबै पक्षको सहमति आवश्यक देखिन्छ । तर, उनले पार्टीसँग समन्वय गरेर विश्वासको वातावरण बनाउन सकेका छैनन् । 

‘गठबन्धन गर्ने भन्ने छ, तर आफैंभित्र छलफल छैन । कोही अस्पतालमा छन् । कोही तयारी भनेर हिँडेका छन्,’ ती नेता भन्छन्, ‘केन्द्रीय अध्यक्षले पार्टीका नेतासँग गुहार मागेर अन्तिममा केही गर्न खोजेको जस्तो देखिन्छ । तर कोही पनि एकलौटी निर्णय मान्नेवाला छैनन् ।’

अहिलेका प्रभावशाली र सिनियर नेतालाई चुनौती दिने गरी नेविसंघले पछिल्ला १५/२० वर्षयता कुनै प्रभावशाली नेता उत्पादन गर्न सकेको छैन । 

अलग–अलग नेविसंघ दर्ता 

आंगिक क्याम्पसमा संगठन दर्ता नै अलग–अलग हुनेसम्मको स्थिति आएको छ । केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालय र कमर्स क्याम्पस मीनभवनमा अलगअलग संगठन दर्ता भएका हुन् । 

यी दुई क्याम्पसमा संस्थापन र शेखर पक्ष दुवैले स्ववियु निर्वाचनको प्रयोजनका लागि नेविसंघको नाममा अलगअलग दर्ता गराएका हुन् । कीर्तिपुरमा संस्थापनबाट पुरन रोकायाले नाम दर्ता गराएका छन् । शेखर पक्षबाट गणेश भण्डारीको नाम दर्ता भएको छ । 

‘अहिलेका सभापति, उपसभापति र ९० प्रतिशत कांग्रेसका नेता नेविसंघका उत्पादन हुन् । यो भनेको पार्टी नेता उत्पादनको नर्सरी हो । आफ्नो आधारलाई कसरी मजबुत बनाउने भन्ने उहाँहरूले सोच्नुपर्ने विषय हो,’ विश्लेषक पुरुषोत्तम दाहाल भन्छन्, ‘पर्सि स्ववियुको चुनाव आइसक्यो, तर नेविसंघमा अध्यक्षबाहेक अर्को कोही छैन । चुनावी संयोजन वा परिचालन समिति बेलेमै बनाएर अगाडि बढेको भए यस्तो समस्या र भद्रगोल स्थिति आउने थिएन ।’ 

मीनभवन क्याम्पसमा स्ववियु चुनावको प्रयोजनका लागि पनि नेविसंघका २ समूहको नाम दर्ता भएको छ, जहाँ संस्थापनबाट सरोज तिमल्सिना र शेखर समूहबाट विष्णुहरि खड्काले संगठन दर्ता गराएका हुन् । 

विवाद साम्य हुने अवस्था नदेखेपछि बरु बीपी कांग्रेस र स्वतन्त्रका नाममा संगठनकै नेताले नाम दर्ता गराइरहेको एक नेता बताउँछन् । 

नेविसंघमा विवाद बढेपछि उपत्यकाका ३५ वटै क्याम्पसमा शेखर पक्षले प्रतिनिधिसमेत खटाएको थियो । शेखर समूहलाई महामन्त्री गगन थापा पक्षको पनि उत्तिकै साथ र सहयोग रहेको छ । संस्थापनले भने सबैतिर प्रतिनिधिसमेत खटाउन नसकेको बताइन्छ । 

२०७३ सालमा केही ठूला क्याम्पस र केही प्राविधिक क्याम्पसतर्फ मात्रै चुनाव भएको थियो । देशभरका क्याम्पसमा स्ववियु चुनाव हुन सकेको थिएन । विभिन्न विद्यार्थी संगठनभित्र आन्तरिक समस्या भएपछि समयमा स्ववियु चुनाव हुन नसकेको हो । त्रिविको क्यालेन्डर अनुसार हरेक दुई वर्षमा स्ववियु चुनाव हुनुपर्ने हो । तर पार्टी निकटका विद्यार्थी संगठनमा देखिने गरेका भद्रगोल र विवादले १४ वर्षसम्म पनि चुनाव हुन सकेको छैन ।

पूर्वसभापति र प्रभावशाली नेताका आ–आफ्नै गुट

नेविसंघका पूर्व सभापति र प्रभावशाली नेताका आ–आफ्ना गुट सक्रिय हुँदा पनि समस्या देखिएको अर्का एक नेता बताउँछन् । 

‘नेविसंघकै नेता पार्टीमा पुग्ने भएपछि विद्यार्थीकालबाटै नेताले आफू अनुकूलको नेता जन्माउने संस्कार विकसित गराएका छन्,’ ती नेता भन्छन्, ‘यसैले समस्या देखिँदा सहजीकरण गर्नुको सट्टा पूर्वसभापति र प्रभावशालीले गुटगत गतिविधि गर्दा पनि समस्या उब्जिएको छ ।’ 

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहाल गर्विलो इतिहास भएको नेविसंघ नेताहरूकै कारण गम्भीर मोडमा पुगेको बताउँछन् । 

‘अहिलेका सभापति, उपसभापति र ९० प्रतिशत कांग्रेसका नेता नेविसंघका उत्पादन हुन् । यो भनेको पार्टी नेता उत्पादनको नर्सरी हो । आफ्नो आधारलाई कसरी मजबुत बनाउने भन्ने उहाँहरूले सोच्नुपर्ने विषय हो,’ दाहाल भन्छन्, ‘पर्सि स्ववियुको चुनाव आइसक्यो, तर नेविसंघमा अध्यक्षबाहेक अर्को कोही छैन । चुनावी संयोजन वा परिचालन समिति बेलेमै बनाएर अगाडि बढेको भए यस्तो समस्या र भद्रगोल स्थिति आउने थिएन ।’ 

पार्टीको आधारलाई न्याय गर्ने गरी समन्वय र गर्नुको साटो आफूलाई चुनौती दिने नेता नै नआइदियोस् भन्नेमा नेताहरू लाग्दा समस्या आएको दाहाल बताउँछन् । 

‘यति गर्विलो इतिहास भएको संगठनमा हिजो २५/२६ वर्षको उमेरमा अध्यक्ष हुन्थे, आज ५० वर्ष पुग्दा अध्यक्ष बनाउने र बन्न खोज्ने स्थिति देखिएको छ,’ दाहाल भन्छन्, ‘नियम, विधि र विवेकलाई पन्छाएपछि आपसमै कुटपिट, द्वन्द्व र भद्रगोलमा रुमल्लिनुपरेको छ, जुन पार्टीका लागि पनि गम्भीर क्षति हो । आफूलाई चुनौती दिने होइन सेवक बनेर भीड लागोस् भन्ने प्रभावशालीलाई लागेको होला, यसैले समस्या निम्तिएको छ ।’

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ७, २०७९

चीनका राष्ट्रपति सी चिनपिङले गरेको मस्को भ्रमण अभूतपूर्व रूपमा तेस्रो कार्यकालका लागि निर्वाचित भएपछि गरेको पहिलो विदेश भ्रमण मात्र हैन । यो भ्रमण कुन परिस्थितिमा भइरहेको छ भन्ने कुरा महत्त्वपूर्ण छ ।  अहि...

चैत १०, २०७९

फ्रान्समा अहिले आम हडताल र हिंस्रक विरोध प्रदर्शनको माहौल छ । राष्ट्रपति इम्मानुएल म्याक्रोंको सरकारले कामदारहरू सेवानिवृत्त हुने उमेर ६२ बाट बढाएर ६४ पुर्‍याउने विधेयक पारित गरेपछि त्यसको विरोधमा हिंस्रक प्र...

चैत ९, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ फागुनमा विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने भनिए पनि शुरूबाटै समस्या देखिएका छ ।  सधैँजसो भागबण्डाको सकस, प्रभावशाली मन्त्रालयको स्वार्थ, धेरै द...

चैत ६, २०७९

अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ ।  तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...

चैत ८, २०७९

विश्व व्यवस्थामा क्रान्तिकारी परिवर्तन आउन लागेको सन्देश दिने गरी चीनका राष्ट्रपति सी चिनपिङले तीनदिने रुस भ्रमण टुंग्याएका छन् ।  उक्त भ्रमणमा सीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकै आत्मीय व्यवहार देख...

चैत ३, २०७९

गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपतिमा जसपा नेता रामसहायप्रसाद यादव विजयी भएका छन् । शुक्रवार सम्पन्न निर्वाचनमा यादवले ३० हजार ३२८ मत प्राप्त गर्दा उनकी निकटतम् प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x