०६ साउन २०८३, बुधबार

ढाकामा विस्फोट, तीन जनाको मृत्यु

फागुन २१, २०७९
ढाकामा विस्फोट, तीन जनाको मृत्यु

बङ्गलादेशको राजधानी ढाकामा आइतबार एक कम्पनीको कार्यालयमा भएको विस्फोटमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

न्यू मार्केट पुलिस स्टेशनका प्रमुख शाहबुल हक शाबुले आइतबार बिहान प्रहरी पुग्दा विष्फोटपछि आगलागी भएको र कार्यालयमा केही व्यक्ति घाइते अवस्थामा भेटिएको बताए ।

विस्फोटलगत्तै उक्त भवनमा आगलागी हुँदा कम्तीमा २२ जना घाइते भएको उनले बताए । स्थानीय सञ्चारमाध्यमले घाइतेको सङ्ख्या करिब ४० रहेको बताएका छन् । 

विस्फोटका कारण भवनको केही भाग भत्किएको अधिकारीहरूले बताए ।  

स्थानीय समयअनुसार बिहान १०ः५० बजेको सूचनाका आधारमा अग्निनियन्त्रकका कम्तीमा चार समूह परिचालन गरिएको र करिब आधा घण्टापछि स्थिति नियन्त्रणमा आएको दमकल सेवा तथा नागरिक सुरक्षा नियन्त्रण कक्षकी ड्युटी अफिसर खालिदा यास्मिनले बताइन् 

विष्फोटको कारण भने खुल्न सकेको छैन ।
 

कमेन्ट गर्नुहोस्