
बिबादको घेरामा डेरा सच्चा सौदाका प्रमुख गुरमीत राम रहीम सिंह एक्लै परेका विवादास्पद बाबा होइनन् । यस अघि पनि केही बाबाहरुमाथि गम्भीर आरोपहरु लागेका थिए ।
आसाराम बापूआसाराम बापूमाथि नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोप छ । यो प्रकरण २०१३ को हो । उनीमाथि अन्य कयौं आरोप पनि दर्ता भएको छ । आरोप छ कि आसाराम जमिन आफ्नो नाममा पार्न, बच्चाको हत्या समेत अन्य कयौं जघन्य अपराधमा संलग्न थिए । प्रहरी यो मामलाको जाँचमा जुटेको छ ।
आसाराम माथि आशीर्वाद दिने बाहनामा युवतीमाथि छेडछाड तथा यौन शोषणको आरोप छ । उनका छोरा नारायण साई माथि पनि यस्तै आरोप लागेको छ ।
आसाराम यौन शोषणको आरोपमा सन् २०१३ देखि जोधपुर जेलमा बन्द छन् ।
चन्द्रास्वामी
अर्का बाबा चन्द्रास्वामी निकै शक्तिशाली थिए । उनलाई तत्कालीन प्रधानमन्त्री पीवी नरसिंह रावका सवैभन्दा नजिकका सल्लाहकार मानिथ्यो भने उनीमाथि राजीव गान्धको हत्याको षड्यन्त्रमा सहभागी भएको आरोप पनि लागेको थियो । उनको भारतबाहेक अन्य देशका नेतासँग राम्रो सम्बन्ध थियो । उनी हतियारको दलाती र कारोबार गर्थे, विदेशी मुद्रा कारोबारी लगायतका आरोपमा उनी रहे ।
रामपालबाबा रामपाल या संत रामपाल आध्यात्मि दुनियामा पाइला राख्नुभन्दा पहिला हरियाणाको सिचाई विभागका इन्जिनियर थिए । १८ वर्षसम्म जागिर गरेसँगै उनले राजिनामा दिएका थिए र संत्संग गर्न शुरु गरेका थिए । उनले सतलोक आश्रम बनाए ।
आरोप छ कि उनको आश्रमको अस्पताले गर्भपात सेन्टर चलाएको थियो । उनका आश्रमबाट हतियार र अन्य कायौं आपत्तिजनक औषधि वरामद गरिएको थियो । उनीमाथि सरकारी काममा अवरोध र मानिसलाई बन्धक बनाएको आरोपमा अदातलमा मुद्दा जारी छ । उनी अहिले हिसार जेलमा बन्द छन् ।
विवादास्पद नित्यानन्द स्वामीसन् २०१० मा स्वामी नित्यानन्दम विरुद्ध धोकाधडी तथा अश्लीताको आरोपमा केश दर्ता भएको थियो । उनको यौन सिडी सार्वजनिक भएको थियो । उनलाई एक अभिनेत्रीसँग शारीरिक सम्बन्ध बनाउँदै गरेको देखिएको थियो ।
यसपछि उनलाई गिरफ्तार गरिएको थियो । तर उनी धरौटीमा छुटे । यसका अलावा बैग्लोरमा नित्यानन्द आश्रममा छापा मारिएको थिायो । छापामा ठूलो मात्रामा कण्ठम र गाजा भेटिएको थियो ।
स्वामी भीमानन्ददिल्लीका एक बाबा आफू्रलाई इच्छाधारी सन्त बताउथे । इच्छाधारी सन्तका नाममा चर्चित स्वामी भीमानन्द नागिन डान्सका लागि चर्चामा थियो। १९९७ मा उनलाई लाजपत नगर क्षेत्रको प्रहरीले देह व्यापको आरोपमा पक्राउ गरेको छ ।
राम रहिमशुक्रबार बाबा रामरहीमलाई अदालतले बलात्कार प्रकरणमा दोपी फैसला गरेको छ तर उनको सजाय भने तय भएको छैन । जसका कारण भारतमा हिंसा भड्कीएको छ ।