११ असार २०८३, बिहीबार

यूएईविरुद्ध भीम सार्कीको अर्धशतक पूरा

फागुन २२, २०७९
यूएईविरुद्ध भीम सार्कीको अर्धशतक पूरा
तस्वीरः क्यान

आईसीसी क्रिकेट विश्वकप 'लिग टु'अन्तर्गत सिरिजको अन्तिम खेलमा यूएईविरुद्ध नेपालका ब्याटर भीम सार्कीले अर्धशतक पूरा गरेका छन्। 

शुरूआतमा खराब प्रदर्शन गरेको नेपालका चलेका ब्याटरहरू एकपछि अर्को गर्दै लगातार आउट भएका थिए। 

यस्तोमा छैटौं नम्बरमा आएका सार्कीले ७८ बलमा ४ चौकाको मद्दतमा ५० रन पूरा गरेका हुन्। 

आज नेपालका कप्तान रोहित पौडेल मात्र १ रन बनाएर आउट भएका थिए। 

सन्दीप लामिछानेले २७ तथा कुशल मल्लले ३२ रन बनाए।  

आज नेपालले अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र आशिफ शेखलाई ओपनिङमा खेलाएको थियो। तर उनीहरूको जोडी खासै राम्रो जमेन। 

आशिफ १४ बलमा ६ रन तथा ज्ञानेन्द्र २६ बलमा ११ रन बनाएर आउट भएका हुन्। 

यो समाचार तयार पार्दासम्म सार्कीलाई आरिफ शेखले १९ रन बनाएर साथ दिइरहेका छन्। 

salt training

कमेन्ट गर्नुहोस्