०५ साउन २०८३, मंगलबार

प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएपछि माओवादी केन्द्र लुम्बिनीले निकाल्यो विज्ञप्ति

फागुन २२, २०७९
प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएपछि माओवादी केन्द्र लुम्बिनीले निकाल्यो विज्ञप्ति

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समितिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएपछि प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ ।

सर्वाेच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र हरि फुँयालको संयुक्त ईजलासले रिट दर्ता गर्न आदेश दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको माओवादीले जनाएको छ ।

समितिले मुलुकको स्थायी शान्ति र अग्रगमनका लागि विगतका १२ बुँदे पक्षधर सम्पूर्ण गणतन्त्रवादी राजनीतिक दल, नागरिक समाज र न्यायप्रेमी जनसमुदायलाई यस्ता शान्ति र संविधान विरोधी गतिविधिप्रति सचेत रहन र आवश्यकता अनुसार प्रतिवाद गर्न अपिल गरेको छ ।

समितिका अध्यक्ष सुदर्शन बरालले सोमवार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘मुलुकले प्राप्त गरेको गणतन्त्र, संघीयता, समावेशी, समानुपातिक, धर्म निरपेक्षता लगायतका उपलब्धिको जग १० वर्षे महान जनयुद्ध र २०६२/६३ को जनआन्दोलन हो भन्ने कुरा सर्वविदितै छ । तत्कालीन नेकपा माओवादी र ७ राजनीतिक दलका बीचमा बृहत् शान्ति सम्झौता सम्पन्न भई मुलुक उक्त प्रक्रियामा प्रवेश गरेको र विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान २०६३ को अभिन्न अंग बनिसकेको कुरा पनि स्पष्ट नै छ । द्वन्द्वकालीन अवस्थामा भएका घटनाहरूको छानबिन र निरुपणका लागि नेपालको संविधान बमोजिम सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोग गठन भई काम कारवाही अगाडि बढेको कुरा पनि सार्वजनिक नै छ । यसका बाबजुद हालैको सर्वाेच्चको उक्त आदेशले हाम्रो पार्टीका अध्यक्ष कमरेड प्रचण्डको कुनै फरक प्रसंगमा दिइएको राजनीतिक अभिव्यक्तिलाई आधार बनाउँदै गलत उद्देश्यका साथ सम्मानित सर्वाेच्च अदालत दुरुपयोग हुने त हैन भन्ने आशंका जन्मेको छ ।’

मुलुकमा शान्ति बहाल हुन नदिन, जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई नष्ट गर्न, यसको शुरूआतदेखि नै विभिन्न व्यक्ति र शक्ति केन्द्रहरू लागिपरेको जनाउँदै पार्टीले मुलुकलाई पुनः द्वन्द्वमा फसाएर आफ्नो आपराधिक स्वार्थको खेती गरिरहेका तत्वसँग सर्वाेच्च अदालत सचेत नै छ भन्नेमा विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्