११ असार २०८३, बिहीबार

‘युरोपको यात्रा अक्षरको खेती’ सार्वजनिक

कात्तिक २०, २०७४
‘युरोपको यात्रा अक्षरको खेती’ सार्वजनिक

 


काठमाडौँ, १० भदौ । साहित्यकार प्रा रामप्रसाद दाहालद्वारा लिखित ‘युरोपको यात्रा अक्षरको खेती’ नामक कृति सार्वजनिक भएको छ । 

जर्मनी, इटाली, फ्रान्स, स्वीट्जरल्याण्ड र अष्ट्रियालगायत युरोपका विभिन्न मुलुकको यात्रालाई समेटिएको सो कृतिको परशुराम–शकुन्तला दाहाल स्मृति सेवा प्रतिष्ठान परिवारद्वारा यहाँ आज आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सार्वजनिक गर्नुभयो । 

कृति सार्वजनिक गर्दै मन्त्री बस्नेतले संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न लेखक, साहित्यकार, बुद्धिजीवीलगायत सबैसँग आग्रह गर्नुभयो । सो अवसरमा प्रतिष्ठानले मन्त्री बस्नेतलाई सम्मानसमेत गरेको थियो । 

परराष्ट्रविद् डा मधुरमण आचार्यले नेपालको संविधानलाई अन्य छिमेकी मुलुकबीचको छलफलको विषय बनाउन नहुनेमा जोड दिनुभयो । 

पुस्तकका लेखक प्रा दाहालले विदेशी भूमिमा बस्नेको पनि जीवनप्रतिको आशा, कर्मशील, लगनशील र सिर्जनात्मकतालाई अनुभूति गरेर कृतिमा समावेश गरिएको छ भन्नुभयो । 

यसैबीच लेखक प्रा दाहाललाई माया नेटवर्क युकेले सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशि २५ हजार रूपैयाँ रहेको छ । रासस 

salt training

कमेन्ट गर्नुहोस्