२५ जेठ २०८३, सोमबार

चिनियाँ राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा सीलाई पुटिनको बधाई

फागुन २६, २०७९
चिनियाँ राष्ट्रपतिमा पुनः निर्वाचित भएकामा सीलाई पुटिनको बधाई

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्ना चिनियाँ समकक्षी सी जिनपिङलाई चीनको राष्ट्रपतिमा निर्वाचित भएकामा हार्दिक बधाइ सन्देश पठाएका छन् ।
राष्ट्रपति पुटिनले जनवादी गणतन्त्र चीनको राष्ट्रपतिमा निर्वाचित भएको अवसरमा सीलाई सीलाई न्यानो अभिवादनसहित बधाइ व्यक्त गरेका छन् ।  

चीनको नेशनल पिपुल्स कङ्ग्रेसको निर्णयले राष्ट्र प्रमुखको हैसियतमा पुनः पुगेका सीको उच्च प्रतिष्ठा रहेको र चीनको आर्थिक तथा सामाजिक विकासलाई प्रवर्द्धन गर्दै देशको हितको रक्षा गर्ने विषयमा अन्तरराष्ट्रिय मञ्चमा उनले खेलेको भूमिकलाई पुनः पुष्टि गरेको पुटिनले उल्लेख गरेका छन् । 

रुसी पक्षले रुस–चीन बृहत्तर रणनीतिक साझेदारी सम्बन्धलाई  थप सुदृढ गर्नका लागि  राष्ट्रपति सीको योगदानको उच्च प्रशंसा गरेको छ ।  रुसी राष्ट्रपति  पुटिनले दुवै पक्षको संयुक्त प्रयासबाट विभिन्न क्षेत्रमा रुस–चीन सहयोगले निरन्तरता पाउँदै आगामी दिनमा अझ फलदायी नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति पुटिनले  क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दाहरूमा सीसँगको समन्वयलाई निरन्तरता दिनेपनि बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्