१२ साउन २०८३, मंगलबार

क्यानडामा फेब्रुअरीमा रोजगारी सिर्जनामा सुस्तता, बेरोजगारी पाँच प्रतिशत कायम

फागुन २६, २०७९
क्यानडामा फेब्रुअरीमा रोजगारी सिर्जनामा सुस्तता, बेरोजगारी पाँच प्रतिशत कायम

 क्यानडाले फेब्रुअरीमा २२ हजार नयाँ रोजगारीका अवसर सिर्जना गरेको जनाएको छ भने बेरोजगारी दर पाँच प्रतिशतको न्यून रेकर्डबाट बढ्न नदिन सफल भएको राष्ट्रिय तथ्याङ्क एजेन्सीले शुक्रबार भनेको छ।

डिसेम्बर र जनवरीमा दुई ठूलो आकारको आर्थिक वृद्धिपछि रोजगारीमा सामान्य वृद्धि व्यापक रूपमा अपेक्षित थियो, र पछिल्लो छ महिनामा अर्थात् फेब्रुअरीमा सम्ममा समग्र १.८ प्रतिशत (करिब तीन लाख ४८ हजार रोजगारी) का अवसर सिर्जना गरेको छ ।  

यसैबीच, बेरोजगारी दर गत जुन र जुलाईमा देखिएको ४.९ प्रतिशतको उच्च रेकर्डभन्दा डिसेम्बरमा झरेको छ ।

क्यानाडेली तथ्याङ्क कार्यालयका अनुसार फेब्रुअरीमा स्वास्थ्य सेवा र सामाजिक सहायता १५ हजार, सार्वजनिक प्रशासन १० हजार र उपभोग्य सेवामा सात हजार ५०० रोजगारी बढेको छ । 

यो अवधिमा मानिसहरूले व्यवसाय, भवन र अन्य समर्थन सेवा क्षेत्रहरूमा नयाँ रोजगारीका न्यून अवसर पाएका छन् । 

विशेष गरी, ५५ देखि ६४ वर्ष उमेर समूहका क्यानाडेलीको रोजगारीमा ठूलो वृद्धि देखिएको छ । यो उमेर समूहका १० मध्ये छ जना भन्दा बढी महिलाले यो महिनामा रोजगारी पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्