२९ असार २०८३, सोमबार

उपराष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धनभित्रै २ उम्मेदवार !

फागुन २७, २०७९
उपराष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धनभित्रै २ उम्मेदवार !

नेपाली कांग्रेसको ८ दलीय गठबन्धनभित्रैबाट उपराष्ट्रपति निर्वाचनमा २ उम्मेदवार हुने देखिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीले उपराष्ट्रपतिमा छुट्टाछुट्टै उम्मेदवारी दिने तयारी गरेका छन् ।

जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ भने जसपाले बारा–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउँदैछ ।

जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष समेत रहेका खानेपानी मन्त्री अब्दुल खांनले जानकारी दिए ।

जनमत पार्टीकी सप्तरी जिल्ला इन्जार्ज ५३ वर्षीय झाले सद्भावना पार्टीबाट राजनीति शुरू गरेकी थिइन् । उनी स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार थिइन् ।

जसपाको बिहीवार भएको कार्यकारिणी समितिको बैठकले यादवलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्