
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बलिदान र संघर्षबाट प्राप्त उपलब्धिविरुद्ध षड्यन्त्र हुन थालेकाले त्यसलाई असफल बनाइने बताएकी छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले तीनै तहका सरकारको अधिकारलाई व्यवस्थित गरेको पनि बताइन्।
उनले भनिन्, 'स्थानीय तह जनताको नजिकको सरकार हो । जनताको सुखदुःखको साथी हो ।'
विकास निर्माणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री शर्माले योजना बनाएर अगाडि बढ्न सबैलाई आग्रह गरिन्।
स्थानीय सरकारलाई बलियो बनाउन कानुन निर्माण गर्न सङ्घीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।