०५ साउन २०८३, मंगलबार

विकास निर्माणमा जनप्रतिनिधिको भूमिका प्रभावकारी : पोखरेल

फागुन २७, २०७९
विकास निर्माणमा जनप्रतिनिधिको भूमिका प्रभावकारी : पोखरेल

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समृद्धि र विकास निर्माणमा जननिर्वाचित प्रतिनिधिको भूमिका प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन् ।

सप्तरीको राजविराजमा मिसन ग्रासरुटअन्तर्गत आज आयोजित पार्टी सुदृढीकरण तथा विस्तार अभियानको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै भ्रष्टाचार, सामाजिक भेदभाव र कुसंस्कार दण्डनीय हुने उनले चेतावनी दिए।

जिल्ला भेलालाई सम्बोधन गर्दै एमाले सचिव रघुवीर महासेठले आगामी चुनावमा एमालेले ५१ प्रतिशतभन्दा बढी मत ल्याउने गरी तयारी सुरु गरेको बताए
 
एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले अवसरका लागि प्रयास गर्नु ठीक भए पनि अवसरवादी हुनु निन्दनीय रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्