१७ असार २०८३, बुधबार

२.० छड्के : ३ करोड लगानी गरिएको फिल्मको कलेक्सन ३० लाख, निर्माताको हातमा कति पर्छ ?

फागुन २७, २०७९
२.० छड्के : ३ करोड लगानी गरिएको फिल्मको कलेक्सन ३० लाख, निर्माताको हातमा कति पर्छ ?

अनमोल केसी स्टारर फिल्म ‘२.० छड्के’ देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट प्रदर्शनको ६ दिनमै उत्रियो ।

हलबाट यति छिट्टै उत्रिएको अनमोलको यो पहिलो फिल्म हो । 

सुरुवाती दिनदेखि नै दर्शक अभाव भएपछि फिल्म केही दिनमा उत्रिएको हो । र, अनमोलको फिल्मी करियरमा सबैभन्दा कम व्यापार गरेको फिल्म पनि हो, – २.० छड्के । 

यो फिल्ममा अनमोल केसी अनुबन्धित हुँदा पारिश्रमिक नै ५० लाख रुपैयाँ लिएको हल्ला चलेको थियो । फिल्ममा ३ करोड रुपैयाँ हाराहारी लगानी भएको निर्माण पक्षले बताएको छ । 

यद्यपि, यो फिल्मले ३० लाख रुपैयाँ मात्रै ग्रस कलेक्सन गरेको छ । 

वितरक सुनिल मानन्धरले फिल्मले उक्त रुपैयाँ मात्र ग्रस कलेक्सन गरेको जानकारी दिएका हुन् । उनका अनुसार यो फिल्मबाट निर्माताको हातमा १० लाख रुपैयाँ हाराहारी मात्र पर्छ । 

वितरक मानन्धरले फिल्म यत्तिको कमजोर होला भन्ने सोच्दै नसोचेको बताएका छन् । उनले यस फिल्ममा गरिएको लगानी लगभग सबै डुबेकोदाबी गरेका छन् ।

अभिनेता अनमोल केसीले यसपटक आफू चुक्न पुगेको बताउँदै फिल्मबाट आफूले दर्शकलाई निराश बनाएकोमा माफी मागिसकेका छन् । निर्मातामध्येका एक देव कुमार श्रेष्ठले पनि उच्च अपेक्षा राखेको बताउँदै त्यो मिट नहुँदा आफू एकदमै निराश बन्न पुगेको बताएका छन् । उनले पनि दर्शकलाई निराश बनाएकोमा माफी मागेका छन् ।

‘२.० छड्के’ले निकै कमजोर व्यापार गरे पनि सँगै प्रदर्शन भएको फिल्म ‘छक्का पञ्जा ४’ले भने आक्रामक व्यापार गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्