१८ असार २०८३, बिहीबार

थाइल्याण्डकी पूर्व प्रधानमन्त्री भागेर दुबई पुगिन्

कात्तिक २०, २०७४
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री भागेर दुबई पुगिन्
बैङकक (थाइल्याण्ड), १० भदौ - चामल अनुदान परियोजनामा भएका भनिएका भ्रष्टाचारको मुद्दामाथिको सुनुवाईमा अदालतले आदेश दिनुअघि थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात्रा दुबई उडेको उहाँको दलले जनाएको छ । 

चामल अनुदान परियोजनामा लापरवाही गरेको आरोप लागेका शिनावात विदेश गइसकेको पार्टी स्रोतले जानकारी गराएको छ । उहाँले केही दिन पहिल्यै थाइल्याण्डबाट बाहिरिनु भएकोे शुक्रबार जानकारी गराइएको थियो । उहाँ बेलायत जाने क्रममा दुबर्इ पुगेको उहाको दलका वरिष्ठ सदस्यले जनाए । 

पूर्व प्रधानमन्त्री शिनावात्रालाई शुक्रबार अदालतमा सुनुवाइका लागि उपस्थित हुन भनिएको थियो तर उपस्थित नभएपछि अदालतले उहाँलाई पक्राउ गर्न अदालतले आदेश जारी गरेको थियो । उहाँको धरौटी जफत गरिएको थियो । 

शिनावात्राविरुद्धको मुद्दामा शुक्रबार फैसला सुनाउने तयारी गरेको सर्वोच्च अदालतले फैसला अर्को महिना गर्ने जनाएको छ । उहाँ बेलायत जानेक्रममा कम्वोडिया–सिङ्गापुर हुँदै दुबई पुग्नुभएको, जुन्ता दलका एक सदस्यले बताए । दुबईमा उहाँका दाजु पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात स्वघोषित निर्वासनमा बसिरहनुभएको छ । 

उनले भने, “हामीले उहाँ क्याम्बोडिया हुँदै सिंगापुर पुगेको र त्यहाँबाट दुबईका निम्ति उडेको थाहा पाएका छौँ । उहाँ सकुशल त्यहाँ पुगेर बसिरहेको जानकारी छ ।” “उहाँ बेलायत जाने योजना छ ।” 

त्यस प्रकरणमा दोषी ठहरिएमा पूर्व प्रधानमन्त्रीलाई १० वर्ष जेल सजाय हुनसक्नेछ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्