
चौथो कार्यकालका लागि चुनिएका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा २१ तोपको सलामी दिइएको छ ।
पौडेलले शीतलनिवासमा गरेको शपथग्रहणका क्रममा नेपाली सेनाले टुँडिखेलबाट २१ तोपको सलामी दिएको हो ।
पौडेल २५ फागुनमा चौथो कार्यकालको लागि तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
उनले शपथपछि आजै पदभार ग्रहण गर्दैछन् ।