प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रपतिबाट बिदाइ भएकी विद्यादेवी भण्डारीलाई सरकारका तर्फबाट आँखीझ्याल उपहार दिएका छन् ।
शीतल निवासमा आयोजित विशेष कार्यक्रमकाबीच राष्ट्रपतिमा रामचन्द्र पौडेलले शपथ ग्रहण गरेपछि लगातार २ कार्यकाल राष्ट्रपति भएकी भण्डारीको बिदाइ गरिएको हो ।
उनलाई प्रधानमन्त्री प्रचण्डले मयूरको बुट्टा अंकित विशेष प्रकारको आँखीझ्याल उपचार दिएका हुन् ।
भण्डारी २०७२ कात्तिक ११ गते पहिलोपटक राष्ट्रपति चुनिएकी थिइन् ।
दोस्रो कार्यकालका लागि भण्डारी २९ फागुन २०७४ मा पुनः निर्वाचित भएकी थिइन् ।
दुईपटक गरी भण्डारी करिब साढे ७ वर्ष नेपालको राष्ट्रपति बनिन् ।
काठमाडौंको चपलीस्थित निजी निवास मर्मत नहुञ्जेल उनी छोरी उषाकिरणको घरमा बस्ने बताइएको छ ।