×

Nic Asia
Dabur
Prabhu Bank

एसएमएल इसुजुको कमर्सियल गाडीहरूका लागि एक हप्ते फ्री सर्भिस क्याम्प

फागुन २९, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

लक्ष्मी ग्रुपअन्तर्गत लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.ले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिनका लागि एसएमएल इसुजुका गाडीहरूको निःशुल्क सर्भिस क्याम्प शुरू गरेको छ ।

yONNEX
Frooti
Appy

कम्पनीले एक हप्ताका लागि काठमाडौंको गुर्जुधारामा रहेको जीएफआई सर्भिस सेन्टरमा निःशुल्क सर्भिस क्याम्प सञ्चालन गरेको हो ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

यो सर्भिस क्याम्प आज (फागुन २९ गते)देखि चैत ४ गतेसम्म सञ्चालन हुनेछ । यो सर्भिस क्याम्पबाट एसएमएल इसुजुका ग्राहकहरुले निम्नानुसारका सेवा तथा सुविधा पाउने छन् ः 


Advertisment
Lokantar App
Saurya island

– अगाडि बम्परदेखि पछाडि बम्परसम्म गाडीका सबै पार्टपुर्जाको १००% फ्री चेकजाँच
– सामान्य मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा पनि १००% छुट
– विशिष्टिकृत मर्मत सम्भारमा लाग्ने लेबर चार्जमा ५०% सम्मको छुट 
– लुब्रिकेन्टहरूमा १५% को छुट 
– स्पेयर पार्टसहरूमा ५०% सम्मको छुट 
– साथै, फ्री सर्भिस क्याम्पमा आउने ग्राहकहरू तथा चालकहरू लागि विशेष गिफ्ट

JYOTI
Vianet communication

null

सर्भिस क्याम्पकै अवधिमा कम्पनीले चालकहरूका लागि विशेष किसिमको तालिमको पनि व्यवस्था गरेको छ । गाडीहरूमा भएको परिवर्तन र सञ्चालन विधिसम्बन्धी तालिम सञ्चालन गर्न लागिएको हो ।

यो सर्भिस क्याम्पमा आफ्ना एसएमएल इसुजुका गाडीहरू लिएर आएर विभिन्न छूट तथा तालिम प्राप्त इन्जिनियरहरूबाट चेकजाँच गराई सुविधा लिन लक्ष्मी कमर्सियल भेहिकल्सले अनुरोध गरको छ ।  

लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औधोगिक तथा व्यापारिक घराना हो ।

लक्ष्मी ग्रुप हुन्डाइका प्यासेन्जर कारहरू, बीएमडब्लुका कारहरूको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता हो । लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरू र एसएमएल इसुजुका कमर्सियल गाडीहरूको आधिकारिक वितरक भै कार्य गरिआएको छ । 

लक्ष्मी ग्रुप अन्र्तगतको लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.ले नेपालमा एसएमएल इसुजुका कमर्सियल गाडीहरूको आधिकारिक वितरकको रूपमा कार्य गर्दै आएको छ ।
यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरू नेपालमा आयात गरी नेपालको बजारमा बिक्री वितरण गर्ने र उक्त गाडीहरूलाई बिक्रीपछिको सेवा पनि दिँदै आएको छ । एसएमएल इसुजुले १४ सिट क्षमतादेखि ५५ सिट क्षमतासम्मका स्कूल बस, स्टाफ बस तथा ३ टनदेखि ९ टन क्षमताका ट्रकहरू र ३ देखि ६ क्युबिक मिटर क्षमताका टिप्पर बजारमा छन् ।

मजबुत वनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरू नेपालमा ग्राहकको रोजाइमा पर्न सफल भएका छन् । 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ३०, २०७९

स्मार्ट क्युआरले बिग मार्टसँगको सहकार्यमा नयाँ वर्षको दिन सामान खरीद गर्दा भुक्तानीमा छुट अफर ल्याएको छ।  यस छुट अफरअन्तर्गत ग्राहकहरूले सम्पूर्ण सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्ता...

जेठ ४, २०८०

बुटवलदेखि पाल्पाको ऐतिहासिक स्थल वसन्तपुर जोड्ने गरी ठूलो लगानीमा निर्माण भएको लुम्बिनी केबलकार प्रालि तयार भएको छ । बुटवल र पाल्पाको तिनाउ गाउँपालिका– ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्त...

बैशाख १४, २०८०

ब्याडमिन्टन, टेनिस लगायतका खेल सामग्री उत्पादक चर्चित जापानी 'ब्रान्ड' योनेक्सका सामानजस्तै देखिने गरी कपी गरिएका नक्कली सामान नेपाली बजारमा छ्याप्छ्याप्ती पाइन थालेको छ । बजारमा खासगरी र्‍याक...

बैशाख ५, २०८०

विश्वव्यापी रूपमा मन पराइएको स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीको खरिदमा सीमित समयका लागि विशेष योजना शुरू गरेको छ । यस य...

चैत ३०, २०७९

नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा फुडमान्डुले नयाँ अफर घोषणा गरेको छ । यस योजना अन्तर्गत ग्राहकले दैनिक आफ्नो अर्डरमा कम्तीमा २० देखि ८० प्रतिशतसम्मको छुटको भौचर कोडहरू प्राप्त गर्न सक्नेछन् । छुट कति...

बैशाख २०, २०८०

प्रिक्सा टेक्नोलोजिजले प्रतिष्ठित राष्ट्रिय सूचना प्रविधि नवप्रवर्तन पुरस्कार (नेसनल आईसीटी इन्नेभेसन अवार्ड) प्राप्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले दिने उक्त अवार्ड प्रिक्साले नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकता तथ...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

ad
x