०९ असार २०८३, मंगलबार

इलाम नगरपालिकामा बसाइँ सरेर आउने परिवारलाई सम्मान र निःशुल्क स्वास्थ्य बीमा

फागुन २९, २०७९
इलाम नगरपालिकामा बसाइँ सरेर आउने परिवारलाई सम्मान र निःशुल्क स्वास्थ्य बीमा
प्रतिकात्मक तस्वीर

बसाइँ सरेर आउने परिवारलाई इलाम नगरपालिकाले सम्मान गरेको छ ।

सोमवार वडा कार्यालयमा भएको एक कार्यक्रममा वडामा आएका ११ परिवारलाई सम्मानपत्र र ढाकाटोपी ओढाएर सम्मान गरिएको हो ।

इलाम नगरपालिकाका प्रमुख केदार थापा तथा वडाध्यक्ष नुतनदेव दुलालले उनीहरूलाई फूलमालासहित सम्मान गरे ।

पहाडबाट तराईका क्षेत्रमा बसाइँ सर्ने क्रम बढेकै अवस्थामा वडामा भित्रिने परिवारलाई वडाले सम्मान गरेको वडाध्यक्ष दुलालले बताए । उनीहरूको आम्दानीका लागि कृषिजन्य औजार, कृषि बीउबिजन आवश्यक वस्तु समेत वितरण गरिँदै आएको वडाध्यक्ष दुलालले बताए ।

नयाँ परिवारको निःशुल्क स्वास्थ्य बीमा समेत गरिएको छ । वडाकै रकमबाट बसाइँ सरेर आउने परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको बताइएको छ । यो वडा कृषिजन्य काम र पशुपालनमा घाँस उत्पादनका हिसाबले अगाडि रहेको उनको भनाइ छ ।  

वडामा इलाम जिल्लाकै विभिन्न ठाउँबाट ११ परिवार भित्रिएको छ । घट्दो जनसंख्या तथा बसाइँसराइँले पहाड रित्तिने क्रम बढेपछि उनीहरूलाई यहीँ बस्न उत्साह थप्न समेत यस्तो काम गरिएको वडाध्यक्ष दुलालले बताए ।

किसानको आर्थिकस्तर माथि उकास्न नगरपालिकाले पहल गरिरहेको नगर प्रमुख थापाले बताए । उनले पहिलादेखि नै कृषि र पशुपालनमा इलाम–४ अब्बल रहेकाले अझै पनि यस्ता काममा अगाडि बढ्न वडावासीलाई आग्रह गरे । सोही अवसरमा किसानलाई टनेल, कुटे, पाइप तथा १२ प्रकारका कृषि बीउबिजन समेत वितरण गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्