×

NIC ASIA

देवेन्द्र बब्लुको ‘म त पर्खेको पर्खै छु’लाई युट्युबमा १ करोड पटक हेरियो

फागुन २९, २०७९

Prabhu Bank
NTC
Premier Steels

गायक देवेन्द्र बब्लुको गीत ‘म त पर्खेको पर्खै छु’ले युट्युबमा १ करोड प्लस भ्युज पाएको छ ।

Muktinath Bank

उनकै शब्द, संगीत, स्वर र अभिनय रहेको यो गीत गतवर्ष सार्वजनिक भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक भएसँगै टिकटकमा निकै छाएको र युट्युबमा राम्रो भ्युज पाउँदै गएको गीत एक वर्षमा करोड क्लबमा प्रवेश गरेको हो । 


Advertisment
Nabil box
Kumari

देवेन्द्र जोडिएका अन्य केही​ गीतहरू करोड क्लबमा पुगेपनि उनको युट्युब च्यानलमा सार्वजनिकमध्ये करोड क्लबमा प्रवेश गर्ने यो पहिलो गीत हो । 

Vianet communication

मानिसले विछोडको पीडामा गर्ने अनुभूतिलाई उनले यस गीतमा पेस गरेका छन् । उनले गीतलाई ‘छोडेर जानेहरूको यादमा पर्खनेहरूको एउटा पिडा’ भनेका छन् ।

विशाल घिमिरेको निर्देशन रहेको यो गीतको भिडियोमा देवेन्द्रसँगै रोशनी कार्की र दीप सागरको समेत अभिनय छ ।

अनिल के मानन्धरको छायांकन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् ।

आफ्नो गीतले पहिलोपटक करोड भ्युज पाएकोमा गायक देवेन्द्रले फेसबुकमार्फत खुशी समेत साटेका छन् । 

‘म जोडिएर काम गरेका केही गीतहरू, आँखै अगाडि साथीहरूका थुप्रै सृजनाहरू करोडौं क्लबमा पुगेका छन्’ देवेन्द्रले लेखेका छन् ‘अहिले गीत करोड पुग्नु सामान्य जस्तै भइसकेको छ । तर, मेरो करोड पुगेको यो पहिलो गीत हो र मेरो लागि यो कुरा असामान्य हो ।’ 

सांगीतिक क्षेत्रमा फरक स्वाद फस्किरहेका देवेन्द्रका ‘म हाँसे हाँस्छौ र ?’, ‘भेटै हुन्न कि ?’, ‘मनमाया’ जस्ता थुप्रै गीतहरू रुचाइएका छन् ।

केही दिनअघि मात्रै पनि उनले ‘झलमल अलमल’बोलको गीत ल्याएका छन् । कार्यक्रमको कुरा गर्दा देवेन्द्र लगत्तै अस्ट्रेलिया जाँदै छन् । त्यहाँ​ उनले मार्च १८ मा सांगीतिक प्रस्तुति दिनेछन् ।

नेपालका सांगीतिक कार्यक्रममा समेत उनको व्यस्तता बढ्दो छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x