१५ असार २०८३, सोमबार

गीति भिडियो टिकुली ट्याक सार्वजनिक

फागुन ३०, २०७९
गीति भिडियो टिकुली ट्याक सार्वजनिक

नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक गरिएको हो । 

गायक नविनकिशोर राईको शब्द रचना रहेको गीतको भिडियोमा हरिष निरौला (क्रकोच), प्रियना आचार्य (मुन्नी), पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्मालगायतका कलाकारको अभिनय रहेको छ । 

रमेश प्रसाईंले गीतमा स्वर दिएका छन् भने गीतको भिडियोको निर्देशन दीपक आचार्यले गरेका छन् । कलाकार दीपक आचार्य (काकु) ले पुराना सर्जकलाई नयाँ पुस्तामाझ चिनाउने कोशिसअनुसार गीत ल्याइएको बताए । उनले पुरानो समयमा मायाँ प्रेम कस्तो हुन्छ भन्ने रहर जागेर सोही अनुसारको खोजि गरी भिडियो सम्पादन गरेको चर्चा गरे । 

त्यस्तै कलाकार हरिष निरौला (क्रकोच) ले अन्य म्युजिक भिडियोभन्दा आफ्ना लागि यो भिडियो धेरै फरक रहेको बताए । कलाकार प्रियना आचार्य (मुन्नी)ले राम्रो टिमसँग राम्रोसम्ग काम गरेको बताइन् । 

त्यस्तै वरिष्ठ गायक नविनकिशोर राईले आफूले लामो समय हिँडेर गीतहरु खोजि रचना गरेको आफ्नो विगतको अनुभव सुनाए । म्युजिक भिडियो संखुवासभा, धनकुटा, तेह्रथुम गरी तीन जिल्ल्लामा छायांकन गरिएको छ । भिडियोमा गाउँघरका कथावस्तु र पात्रहरुको अभिनयलाई ज्वलन्त प्रस्तुती रहेको दावी गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्