
नेपाल टेलिकमले आफ्ना विभिन्न स्थानमा रहेका विविध उपकरण र संरचनामा क्षति पुगेको भन्दै क्षतिको सूचना दिन अनुरोध गरेको छ।
आज एक सूचना जारी गर्दै टेलिकमले आफ्ना विभिन्न उपकरण र संरचनामा क्षति भएकाले सेवा प्रवाहमा अवरोध भइरहेको जनाएको छ।
त्यस्ता उपकरण र संरचनामा क्षति हुँदा दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्वसाधारणको नैसर्गिक अधिकारमा बाधा पुगिरहेको टेलिकमले जनाएको छ।
कम्पनीका संरचनाहरूमा क्षति पुर्याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गरिदिन टेलिकमले आग्रह गरेको छ।