काठमाडौं, ११ भदौ ।चर्चित ब्राण्ड यामाहाले यो वर्षको दशैं तिहारमा पनि मोटरसाइकल तथा स्कुटरमा नयाँ योजना सार्वजनिक गरेको छ । यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले महान चाड दसैं तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको हो ।
यामाहाले ‘क्यास–इन–ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा ¥यापिडको अफर गरेको जनाएको छ ।
‘दसैं र तिहारको रौनकलाई थप उल्लासमय बनाउन हामीले यो अफर ल्याएका हौं । हामीलाई आशा छ स्योर सट डिस्काउन्ट, साप्ताहिक पुरस्कार र बम्पर पुरस्कारको योजनाले हाम्रा ग्राहकहरु सन्तुष्ट हुनेछन्’ यामाहा डिभिजनका सहायक महाप्रबन्धक दिपक रौनियारले भने, ‘अब यामाहाका ग्राहकले महान चाड दसैं र तिहारमा यामाहा मोटरसाइकल तथा स्कुटरको रोमाञ्च अनुभव गर्न पाउनुहुनेछ । यो समय यामाहाका दुईपांग्रे सवारीसाधन किन्ने सबैभन्दा उत्तम समय हो किनभने ग्राहकले आफूले तिरेको पैसाको उच्चतम मूल्य पाउनुहुनेछ । हामीले यो योजना ग्राहकको सुविधालाई ध्यानमा राखेर ल्याएका हौं ।’
नयाँ योजनाअनुसार यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ नगद छुट पाउन सक्नेछन् । यामाहाले नेपाली बजारमा विभिन्न प्रकारका बाइक र स्कुटर विक्री गर्दै आएको छ । यसअघि यामाहाले भर्खरै एफजी २५ सार्वजनिक गरेको थियो ।