×

Nic Asia
Dabur
Prabhu Bank

चिकित्सकहरूले गरे गर्भमा रहेको शिशुको मुटुको अपरेसन

काठमाडाैं | चैत १, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

भारतको दिल्लीस्थित एम्स अस्पतालका चिकित्सकहरूले गर्भमा हुर्किरहेको बच्चाको मुटुको सफल शल्यक्रिया गरेका छन् । 

yONNEX
IME BANK INNEWS

बलून डाइलेसन सर्जरी विधिमार्फत उनीहरूले शिशुको मुटुको बन्द भएको भल्भ खोलेका थिए । बलून क्याथेटर मार्फत शिशुको बन्द भएको भल्भ खोलिएको हो । त्यसले रक्तप्रवाहलाई सहज गराएको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

जम्मा ९० सेकेन्डमा यो सर्जरी गर्न चिकित्सकहरू सफल भएका थिए । अहिले आमा र शिशु दुवै सुरक्षित छन् । 

एम्सको कार्डियोथोरासिक साइन्स सेन्टरमा यो अपरेसन गरिएको हो । एम्सका चिकित्सकहरूको टोलीले अहिले शिशुको मुटुको निगरानी गरिरहेका छन् । 


Advertisment
Lokantar App
Saurya island

शिशुकी आमाको पछिल्लो तीन गर्भ खेर गएको थियो । 

पछिल्लो गर्भमा पनि शिशुको मुटुको अवस्था जोखिमपूर्ण देखिएपछि चिकित्सकहरूले अपरेसनको सल्लाह दिएका थिए । गर्भवती महिला र उनका पतिले अपरेसन गर्न मानेका थिए । 

Vianet communication

शिशु आमाको गर्भमै हुँदा मुटुरोग छ भने पत्ता लगाउने प्रविधि विकसित भइसकेको छ । गर्भमा नै त्यसलाई ठीक पार्न सके जन्मेपछि बच्चाको स्वास्थ्य सामान्य रहन्छ । 

यो सर्जरी विधि एकदमै छिटो गर्नुपर्ने हुन्छ । गर्भस्थ शिशुको हार्ट चेम्बरलाई प्वाल पारेर अपरेसन गर्नुपर्ने हुँदा सानो चुक भएमा पनि बच्चाको ज्यान जान सक्छ । 

छिटो अनि अल्ट्रासाउन्डको सहायताले सही अनुमानका साथ अपरेसन गरिएकाले शिशुको मुटु अब सामान्य बनेको छ । 
 

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ७, २०७९

नोकिया कम्पनीका प्रमुख कार्यकारी अधिकृत पेक्का लुन्डमार्कले सन् २०३० सम्म स्मार्टफोन नै आवश्यक नरहने बताएका छन् ।  कतिपय डिभाइसहरू मानव शरीरमा सिधै इम्प्लान्ट गरिने र इन्टरनेटसँग जोडिने उनको भनाइ छ । त्यस्तो...

चैत ९, २०७९

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई छिट्टै पक्राउ गरिन सक्ने भनी केही दिनअघि बयान दिएपछि उनी पक्राउ परेका झूटा तस्वीरहरू भाइरल भए ।  प्रहरी अधिकारीहरूले ट्रम्पलाई घेरेर पक्राउ गरेका तस्वीर इन्...

चैत ६, २०७९

भारतको महाराष्ट्रमा रहेको जाल्नामा एक किसानले भूमिको स्वामित्व पाउने माग गर्दै आफैंलाई छातीसम्म भुइँमा गाडेका छन् ।  सुनिल जाधव नामक ती किसानले जमीनको स्वामित्व नपाउन्जेल अनौठो विरोध कार्यक्रम अन्त्य नगर्न...

चैत ६, २०७९

जागिरमा र परिवारमा कलह आएर समस्यामा परेका मानिसहरू टाढा कतै गएर बस्न खोज्छन् ।  टाढाको त्यो ठाउँमा कोही साथी वा नातेदार नहुँदा आरामको जिन्दगी बाँच्न सकियोस् भन्ने आकांक्षा उनीहरूले पालेका हुन्छन् ।&nbs...

चैत ६, २०७९

इन्टरनेटको अँध्यारो संसार अर्थात् डार्क वेबमा मानिसको छाला १३ सय रुपैयाँ प्रतिइन्चको हिसाबमा बिक्री भइरहेको छ ।  मानव छालाबाट बनेको जुत्ता ३६ लाख रुपैयाँमा अनि पर्स १८ लाख रुपैयाँमा बिकेको छ ।  ...

चैत ७, २०७९

कारणवश टाढा बस्न बाध्य भएका जोडीका लागि चीनको एक विश्वविद्यालयले चुम्बन गर्न मिल्ने डिभाइस आविष्कार गरेको छ ।  चिनियाँ सामाजिक सञ्जाल वेबोमा यसको व्यापक चर्चा छ ।  चाङचाउ भोकेसनल इन्स्टिच्युट अफ ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x