
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत्र ६ या ७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् ।
त्यसलगत्तै मन्त्रिपरिषद् विस्तार हुने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठक पछि पत्रकारहरूसँग कुरा गर्दै महतले प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै कांग्रेस सरकारमा सहभागी हुने बताएका हुन् ।
‘सरकारमा जानेबारे छलफलमा प्रवेश गरेको छैन, विश्वासको मत लिएपछि अगाडि बढ्छ’, महतले भने, ‘चैत्र ६ या ७ गते विश्वासको मत लिने तयारी छ ।’
नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकार छाडेपछि प्रधामनन्त्रीले विश्वासको मत लिने तयारी गरेका हुन् ।
चैत्र १३ अगावै विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।