०५ असार २०८३, शुक्रबार

दल दर्ता गर्न आयोगमा ९५ वटा निवेदन

कात्तिक २०, २०७४
दल दर्ता गर्न आयोगमा ९५ वटा निवेदन
काठमाडौँ, १२ भदौ - प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ९५ वटा राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । व्यवस्थापिका–संसद्भित्र र बाहिरका गरी जम्मा ९५ राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको आयोगले जानकारी दिएको छ ।aayog

मङ्सिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबारसम्म निवेदन दिन आयोगले समय तोकेको थियो । आइतबार मात्रै ३१ राजनीतिक दलले निवेदन दिएका छन् । दलले आयोगमा बुझाएका कागजातको छानबिन गरी संविधान, ऐन र कानुनअनुसार भए दल दर्ता गरिने जानकारी आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दिए ।

salt training

कमेन्ट गर्नुहोस्