०५ साउन २०८३, मंगलबार

अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको भन्दै अमेरिकी सिनेटमा प्रस्ताव पेश

चैत १, २०७९
अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको भन्दै अमेरिकी सिनेटमा प्रस्ताव पेश

अरुणाचल प्रदेशलाई भारतको अभिन्न अंग भएको बताउँदै अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा एउटा प्रस्ताव ल्याइएको छ । 

त्यसमा अरुणाचल प्रदेशमा रहेको मकमाहोन लाइनलाई भारत र चीनबीचको अन्तर्राष्ट्रिय सीमा मानिएको छ । 

सिनेटर जेफ मर्कले र बिल ह्यागर्टीले यो प्रस्ताव पेश गरेका हुन् । त्यसमा सीमाको यथास्थिति बदल्ने चीनको प्रयासको निन्दा गरिएको छ । 

मंगलवार ह्यागर्टीले चीन स्वतन्त्र तथा खुला हिन्द प्रशान्त क्षेत्रका लागि गम्भीर खतराका रूपमा रहेको बताए । यस्तो अवस्थामा अमेरिकाले भारत लगायत क्षेत्रका रणनीतिक साझेदारसँग मिलेर अघि बढ्नुपर्ने उनको भनाइ छ । 

अरुणाचल प्रदेश राज्यलाई भारतको अभिन्न अंगका रूपमा मान्यता दिनका लागि सिनेटको समर्थन आफ्नो प्रस्तावले खोजेको ह्यागर्टीको भनाइ छ । उनले अमेरिका–भारत रणनीतिक साझेदारीको पनि समर्थन गरेका छन् । 

चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बत मान्ने गरेको छ । मर्कले र ह्यागर्टीको प्रस्तावले चीनको उक्त दाबीलाई खारेज गरेको छ । 

प्रस्ताव पेश गर्ने सिनेटर मर्कलेले भने, ‘अरुणाचल प्रदेशलाई अमेरिकाले भारत गणराज्यको एक अंगका रूपमा लिएको छ भन्ने कुरा यस प्रस्तावले स्पष्ट पार्छ । अनि अमेरिका समान विचारधारा भएका अन्तर्राष्ट्रिय साझेदारहरूसँग क्षेत्रमा समर्थन तथा सहायता गहिरो बनाउने प्रतिबद्धता पनि व्यक्त गर्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्