
आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई लिमिटेड र आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे ’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारबीच युनिमनीको 'सेन्ड मनी अन्लाईन एन्ड विन बिग' क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ ।
विन बिग क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरू युनिमनी कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल æwww.unimoni.qa मार्फत आईएमईमा पैसा पठाउँदा १० जना विजेताले आइफोन १४ प्रो, ५ जना विजेताले सामसङ ग्यालेक्सी एस २२ अल्ट्राका साथै ३० जना सेवाग्राहीले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्ने जनाइएको छ।
सोही क्याम्पेनको अवधि १५ मार्च २०२३ देखि १५ मे २०२३ (०१ चैत, २०७९ देखि जेठ ०१, २०८०) सम्म जम्मा ६२ दिनका लागि लागु हुने आईएमई पेले जनाएको छ।
उक्त क्याम्पेनसँगै युनिमनी एक्सचेन्ज कतारबाट आईएमई गर्दा आईएमई पे वालेटमा ५० रुपैयाँसम्मको बोनस सुविधा यथावत् नै रहनेछ ।
अनलाइन च्यानलहरुको प्रवर्द्धन गर्न तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुने जानकारी दिइएको छ।