१२ असार २०८३, शुक्रबार

नगरकोटमा हाइयर कमाण्ड तालिम

नगरकोटमा हाइयर कमाण्ड तालिम

नगरकोटस्थित नेपाली सैनिक वार कलेज हाइयर कमाण्ड तथा म्यानेजमेन्ट सुरु भएको छ ।

बलाधिकृत रथी सरोज प्रताप राणाले शुभारम्भ गरेको उक्त तालिममा एक महिलासहित ३३ जना महासेनानीको सहभागिता छ । सेनाले सैनिक अधिकृतका लागि सञ्चालन गर्दै आएको यो सबैभन्दा उच्चस्तरको तालिम भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनामा माथिल्लो तहमा बढुवा हुन यस्ता तालिम अनिवार्य मानिन्छ ।

सो अवसरमा बलाधिकृत रथी राणाले यस्ता तालिमले जटिल परिस्थितिमा उचित एवं प्रभावकारी निर्णय लिन सक्ने क्षमताको विकास गर्ने बताए ।
विसं २०७१ देखि सञ्चालन हुँदै आएको यो तालिम हालसम्म नौ महिलासहित दुई सय ७२ जना अधिकृतले पूरा गरिसकेको निर्देशनालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्